अमेरिकी ज्ञान, नेपालमा लगानी


नेपालबाट अमेरिका आएर विभिन्न क्षेत्रमा काम, अध्ययन, अनुसन्धान, ब्यवसाय र प्राध्यापन गरिरहेका नेपाली विज्ञहरू आफ्नो सिप र क्षमतालाई नेपाल र नेपालीको कल्याणकारी सामाजिक हितमा जोड्न एकजुट भएर छलफलमा लागेका छन् । यसैसाता वासिङ्टन राज्यको सियाटलमा जम्मा भएका विज्ञहरूले आफ्नो दक्षता र अनुभवले खारिएका २० वटा कार्यपत्र प्रस्तुत गर्दै आफुहरूले प्राप्त गरेको ज्ञान, सिप नेपालको बिकास र संबृद्दिका लागि खर्चिनु पर्नेमा जोड दिएका छन ।

माइक्रोसफ्टको हेडअफिसमा आयोजित एनआरएन अमेरिकाको क्षेत्रीय विज्ञ भेलामा प्रस्तुतिको निष्कर्षमा विज्ञहरूले नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए । अमेरिकामा आर्जन गरेको सिप क्षमता र ज्ञानलाई नेपाल र नेपालीको हितमा जोड्ने प्रयासको निरन्तरता लागि एनआरएनले अगुवाइ गरिरहेको छ ।

अवसर, कुर्सी, चुनाव र भाषण मात्र रुचि भएकाहरूको एनआरएनमा बोलवाला हुन्छ भन्ने आममानिसको बुझाइलाई यस सकारात्मक कार्यक्रमले फरक सन्देश दिनेनै छ । ज्ञान अनुभव  र विज्ञता भएका नेपालीहरूको साथले एनआरएनए अमेरिकाको छवि माथि उठाउन सहयोग पुग्ने अपेक्षा छ ।

एनआरएनए अमेरिका उत्तर पश्चिम क्षेत्रीय नलेज सेयरिंग कन्फरेन्स नाम दिइएको यो भेला एनआरएनए अमेरिका साइन्स, टेक्नोलोजी तथा इनोभेसन कमिटी र वासिंगटन च्याप्टरको संयुक्त आयोजनामा सन्चालन गरिएको थियो ।

विषयवस्तु र विज्ञहरूको प्रस्तुततिमा रुचि भएका सियाटल वरपरका नेपालीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । अमेरिकामा रहेका नेपाली विज्ञहरूको नेपाल सम्बन्धलाई थप नजिक्याउन वासिङ्टन राज्यमा आयोजना गरिएको यो पहिलो सशक्त कार्यक्रम हो ।

एनआरएनको स्थानीय च्याप्टरहरूको सहकार्यमा विज्ञहरूको भेला लस एन्जलस, डल्लास र डिसी मेट्रो क्षेत्रमा गर्ने तयारी भइरहेको छ । अमेरिकामा नेपाली मूलका विज्ञहरू ठुलो सङ्ख्यामा क्यालिफोर्निया, डिसी मेट्रो, सियाटल र बोष्टनमा रहेका छन् । विज्ञहरूको यस्तो क्षेत्रीय भेला छरिएर रहेका नेपाली विज्ञहरूलाई एनआरएनको छातामुनि ल्याएर उनीहरूको सिप र क्षमतालाई नेपाल र नेपालीको हितमा उपयोग गर्न सहयोगी हुनेछ । नेपालको विकास र संवृद्धिका लागि अमेरिकामा विज्ञहरुको भेला, छलफल र नेपाल सरकारबीचको सहकार्य  अपरिहार्य छ ।

गोरखापत्र दैनिक माघ १२, २०७५ मा 

प्रबासी पत्रकारिता जिम्मेवार भएन


हालसालै नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजित अमेरिकामा रहेका नेपाली समुदायबीचको अन्र्तक्रियामा केहि बुद्दीजीबी अगुवाहरूलेले यहाँ क्रियाशिल पत्रकारलाई गुनासोका गह्रौ भारी बोकाएका छन् । पत्रकारले अरूका बारेमा मिथ्था समाचार लेखेकाकारण घरबाट बाहिर निस्कदा श्रीमतीले ढोका थुन्ने अवस्था आएको पीडा समेत सहभागिले पोखेका छन ।

बिभिन्न बहानामा नेपालीले नेपालीलाई नै ठग्ने गरेको तर त्यो कुरा पत्रकारले नदेखे झै गरेको, पत्रकार निश्पक्ष हुन नसकेको, कपिपेष्ट पत्रकारिता गरेको, नकारात्मक कुरालाई प्रश्रय दिएको, पैसा नलिई समाचार नै नलेखेको, मिडियाले जे लेख्यो त्यो मान्नु पर्ने, त्यसमा चित्त नबुझेर फोन गर्दा धम्कायो भन्ने आरोप खेप्नु परेको, नेजाभित्र ब्यापक दलीय अन्तरबिरोध रहेको, सिजनल पत्रकारिता, चाकरि पत्रकारिता गरेको लगायतका प्रतिक्रिया दिएका छन ।

हालसम्म अमेरिकामा  नेपाली भाषामा पूर्णकालिन पत्रकारिता असम्भव प्राय नै देखिदै आएको छ । आफ्नो नियमित कामबाट बचेको समयमा पत्रकारिता गर्नेको संख्या भने बाहुल्य छ । अमेरिकामा नेपाली भाषामा छापा तथा अनलाईन मिडिया सन्चालन हुदै आएका छन् । तर, बिडम्बना बिभिन्न दलका भातृसंस्थाका रूपमा कार्यसन्चालन गर्दै आएका छन ।

सत्यतथ्य खबर आईरहेको छैन, आप्रावासीहरुको धेरै समस्या छ, उनीहरु ठगिएका छन्, अनावश्यक रुपमा पैसा बुझाउन बाध्य छन्, त्यसबारेमा लेखिदिनु पर्दछ ।  पत्रकार समाजको आँखा हो, पत्रकारिता संवेदिनशिल हुनुपर्छ । अन्य आप्रवासी समुदायले लिएको सहुलियत नेपालीले पनि लिन सक्नुपर्छ ।

अमेरिकामा क्रियाशिल नेपाली भाषाको पत्रकारितामा टीपिएस (अस्थायी संरक्षित स्थिति) को मुद्धा प्राथमिकतामा पर्न सकेको छैन । हजारौ नेपालीको भविश्य जोडिएको टीपीसलाई निरन्तरता दिन अमेरिकी सरकारसंग पहल गर्नुपर्ने देखिन्छ । नेपालीको सख्या अनुपातमा अमेरिकामा धेरै संघ सस्था खुलेको तर समग्र आप्रबासिको मानवीय हितमा नभएको छ । यसमा मिडियाले सतहमा ल्याउन जरूरी छ । पत्रकारिता कमाउ प्रणाली नभएर समाबेशी र कल्याणकारी हुनुपर्छ । पत्रकारले राम्रो र नराम्रो कामको समाजमा निगरानी गर्न सक्नुपर्छ ।

 गोरखापत्र दैनिक २०७५ माघ ५

महावाणिज्यदूत बिनाको दूतावास


नेपाल सरकारले अमेरिकाको न्युयोर्कमा ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा महावाणिज्य दूतावास स्थापना गरेको छ । तर, हालसम्म दूतावासमा महावाणिज्यदूत नियुक्ति नहुँदा विदेशस्थित दातृ निकाय एवम् सहयोगी संस्थासँग औपचारिक सहकार्य र सहयोगको प्रस्ताव गर्न नेपाल असमर्थ छ । यसमा शीर्षकमा सरकारको झण्डै वार्षिक छ करोड खर्च अनाहकमा ध्वस्त भइरहेको छ ।
दुई वर्षअघि मधुकुमार मरासिनीलाई तत्कालीन सरकारले न्युयोर्कको महावाणिज्य दूतावास प्रमुख बनाएर पठाएको थियो । एक वर्ष नबित्तै केपी ओली नेतृत्वको सरकार बनेपछि उनलाई फिर्ता बोलाइएको थियो । त्यसपछि पुननियुक्ति हुन सकेको छैन ।

महावाणिज्यदूतावास भन्दै व्यापारिक केन्द्रलाई लक्ष्य गरेपछि त्यसका लागि सम्बन्धित निकायबीच सहकार्य आवश्यक हुन्छ । दलनिकट राजनीतिक भर्ति र लोभलाग्दो पोस्टिङकै लागि मात्र यो कार्यालय स्थापना गरिएको सहज अनुमान गर्न सकिन्छ । यस विषयमा सरकारको ध्यान पुग्नुपर्छ ।

सरकारले हालसम्म महावाणिज्यदूत पठाउन आवश्यक ठानेको छैन । बिनाअध्ययन गरिएको दूतावास स्थापनापछि महावाणिज्यदूत नपठाई अधिकृत स्तरबाट सञ्चालन गरिरहेको छ । न्युयोर्कमा स्थायी नियोग/राजदुतावास नजिकै कन्सुलेट समेत राखेर राज्यलाई भार पार्ने काम भइरहेको छ । एउटै प्रकृतिका कार्य सम्पादन गर्न बिदेशस्थित किन धेरै कुटनीतिक नियोग राख्ने

नेपालको हरेक वर्षको बजेटमा विदेशस्थित निकाय र सहयोगी संस्थाबाट महत्वपूर्ण सहयोग हुँदै आएकाले पनि न्युयोर्कजस्तो स्थानमा महावाणिज्यदूत राख्नु राम्रो हो । तर उपलब्धि हुँदैन, प्रबासी नागरिकहरूले सेवा पाउदैनन भने जनताको करको दुरुपयोग एवम् कर्मचारीको सुविधाका लागि यो आवश्यक छैन।


१३ माघ २०७५ गोरखापत्र पाठक

सार्वजनिक निजी साझेदारीको उपादेयता


मुलुकमा आर्थिक वृद्धिलाई दिगो रूपमा हासिल गर्न आवश्यक सार्वजनिक पूर्वाधार संरचना तथा सेवाहरू सडक, पुल, विमानस्थल, अत्याधुनिक सञ्चार साधन, खानेपानी, सिँचाई, विद्युत्, रेलमार्ग, केवलकार, रोपवे लगायतका विभिन्न पूर्वाधारहरूको विकास अनिवार्य गर्नुपर्ने हुन्छ । पूर्वाधार सेवाहरूको निर्माण र सञ्चालनमा आवश्यक पर्ने साधनस्रोतहरूको तुलनामा राज्यकोषबाट विनियोजन हुने साधनस्रोत न्यून हुने भएकाले सार्वजनिकनिजी साझेदारीको मान्यताको आधारमा निजी क्षेत्रमा उपलब्धसाधनस्रोत, सीप तथा प्रविधिलाई मुलुकको विकास कार्यमा आकर्षित गरी सार्वजनिक उपयोगका सम्पत्ति र सेवाको सञ्चालन कम खर्चिलो, प्रभावकारी र विश्वासनीय बनाउनुपर्ने समय आएको छ ।

सार्वजनिक उपयोगका वस्तु तथा सेवाको उत्पादन सिर्जना गर्ने,पूर्वाधार तथा सेवाहरूको निर्माण सञ्चालनमा निजी क्षेत्रमा उपलब्ध व्यवस्थापकीय सीप, नवीनतमप्रविधि, उपयुक्त मानव संसाधन तथा पुँजीकोसमुचित प्रयोगलाई सुनिश्चितता प्रदान गर्दै आर्थिक विकासलाई गति प्रदान गर्न र राष्ट्रिय अर्थतन्त्रको सबलीकरणका साथै सार्वजनिक सेवालाई प्रभावकारी बनाउन यसरी निर्माण भएका पूर्वाधार सेवाहरूको योगदान महत्वपूर्ण तथा प्रभावकारी हुने (थ्री पी) लाइ विश्वास गरिएको छ । हाल अभ्यासरत स्थानीय सरकारको शासन सन्चाल, बिकास र रूपान्तरणका लागि उक्त कार्यक्रमले उल्लेख्य योगदान पुर्याउनेछ ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट सार्वजनिक पूर्वाधार तथा सेवाहरूको गुणस्तरीय र दिगो विकास गरी त्यस्ता पूर्वाधार तथा सेवाहरूमा सर्वसाधारण नागरिकको पहुँच सुनिश्चित गर्ने सोच सार्वजनिक निजी साझेदारीको नीति, २०७२ ले लिएको छ । बृहत् सामाजिक तथा आर्थिक विकासको लागि सार्वजनिक पूर्वाधार सेवाहरूको विकास तथा सञ्चालनमा सार्वजनिक निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने लक्ष्य प्राप्तिका लागि यो नीति कार्यान्वयनमा छ ।

सार्वजनिक पूर्वाधार तथा सेवाहरूको विकास, पुनर्निमाण तथा सञ्चालनको क्षेत्रमा आवश्यक पुँजी, साधन तथा स्रोतहरू निजी क्षेत्रबाट परिपूर्ति गर्न निजी लगानी आकर्षण हुने वातावरण सिर्जना गरी मुलुकको लागि आवश्यक गुणस्तरयुक्त सार्वजनिक पूर्वाधार सेवाहरू उपलब्ध गराउन निजी क्षेत्रमा रहेको व्यवसायिकता, कार्यकुशलता, उद्यमशीलता एवम्प्रा विधिक दक्षताको उपयोग गर्ने उद्देश्यकासाथ नेपाल सरकारले यो नीति जारी गरेको पनि दुई वर्ष भन्दा वढी भईसकेको छ । नीतिले सानिसा केन्द्र राष्ट्रिय योजना आयोग अन्तर्गत रहने व्यवस्था गरेको छ । केन्द्रका कार्यहरूमा सानिसामा सञ्चालन हुने आयोजनाको तयारी, निर्माण र सञ्चालनमा सार्वजनिक तथा निजी निकायहरूलाई सहजीकरण गर्ने भनी उल्लेख गरिएको छ । राज्यका सम्भाव्य सम्पूर्ण अङ्ग, निकाय, संयन्त्रहरूमा सानिसासम्बन्धी क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्नेतर्फ पनि जोड दिइएको छ ।

यसैगरी मुलुकभित्र र बाहिर सानिसा सम्बन्धमा भए गरेका असल अभ्यासहरूको अध्ययन गर्ने, गराउने तथा देशभित्र तिनीहरूको प्रवद्र्धन गर्ने लगायतका कार्यहरु पनि तोकिएको छ ।
यी प्रावधानहरुलाई कार्यरुपमा ल्याउन राष्ट्रिय योजना आयोगबाट आ.ब.२०७४÷७५ मा
स्वीकृतकार्यक्रम अनुसार सानिसासँग सम्वन्धित निकाय, तह, क्षेत्र, विज्ञ, साझेदार समेतको सक्रीय सहभागितामा क्षमता विकास तथा विभिन्न कार्यक्रमहरु स्थानीय र प्रादेशिक तहमा सन्चालन भएका छन ।  सानिसासम्वन्धी स्थानीय सरकारबीचमा अन्तरक्रिया छलफल, लक्ष्य र उद्धेश्य अनुरुप परिमाणात्मक लक्ष्य हासिल गर्न सार्वजनिक निजी साझेदारी अवधारणा रहेको छ ।

सार्वजनिक निजी साझेदारी महत्वपूर्ण कोशेढुंगा हुनसक्ने बिश्वास छ । स्थानीयतहको जीवन्त अनुभबलाई आत्मसात गरी यस योजनाबाटबाट प्राप्त हुने निष्कर्षलाई आधार मानी भावी नीति तर्जुमा गर्ने योजना आयोगले लक्ष्य लिइएको छ । यसका आधारमा सथ्नीय तहमा पूर्वाधार तथा सेवाका क्षेत्रका आयोजनाहरु सार्वजनिक निजी अवधारणामा सञ्चालन गर्न सकिने पर्याप्त सम्भावनाहरु रहेका छन ।

सार्वजनिक निजी साझेदारीका बिभिन्न क्षेत्रमा रहेको सम्भाब्यताका अवधारणामा कार्यान्वयन गर्न सकिने आयोजनाहरु पहिचान गरी दिगो कार्यान्वयन गर्न सरकारले आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि सम्बन्धित निकाय सदैव तत्पर र जागरूक हुनुपर्छ । बर्तमान सानिसा नीति, २०७२ लाई कार्यान्वयनयोग बनाउन गरिनुपर्ने थप सुधार गर्दै लैजालुपर्ने देखिन्छ ।

सार्वजनिक पूर्वाधारहरूको निर्माण र सञ्चालनमा रहने जोखिम न्यूनीकरण, व्यवस्थापन तथा
सञ्चालनका उपयुक्त तरिका र सरकारको भूमिकालाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरी
सेवाको निर्माण तथा सञ्चालनमा निजी क्षेत्रको संलग्नतालाई यथोचित रूपमा सम्बोधन
र स्वीकार्य हुने अनुकूल नीतिगत वातावरण तयार गर्न जरुरी छ ।

गोरखापत्र दैनिक २०७५ माघ ९

अस्तब्यस्त स्थानीय निकाय


नेपालको संविधान २०७२ ले निर्दिष्ट गरे बमोजिम स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तथा सङ्घ, प्रदेस र स्थानीय तह बिचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्न गर्दै सहभगिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सलुभ र गणुस्तरीय सेवा प्रवाह गर्न, लोकतन्रका लाभहरूको समानुपतिक समावेशी र न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनरूप समावजवाद उन्मखु सङ्घीय लोकतान्त्रिक गणतन्रात्मक सासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्न, र स्थानीय नेतत्वको विकास गर्दै स्थानीय शासन पर्द्धनलाई सुदृढ गरी स्थानीय तहमा विधावयकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको गठन भएको हो । जुन उत्साहका साथ स्थानीय सरकारको गठन र निर्वाचन सम्पन्न भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यसन्चालनले अहिले जनतामा निराशा बढेको छ ।
लाखौ खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरू अहिले अन्योलमा छन । निर्वाचन ताका उनीहरूको नारा थियो 'गाउँ गाउँमा सिंहदरबार' तर अहिले गाउँमा 'सिंह' वा प्रतिनिधि आएको र प्रशासनिक कार्य सम्पादन गर्ने 'दरबार' हालसम्म नआएकाले सर्बसाधारणले पीडा नै भोग्नु परिरहेको छ । अब्यवहारिक रूपमा विकासका नाममा गाउँगाउँमा छिरेका डोजर डाँडापाखा, कान्ला जोत्दै हिडेका छन । जनप्रतिनिधिहरूलाइ बिकासको जाँगर यतिसम्म चढेको छ । उनीहरूलाइ न बस्ती जोखिममा पर्ने ख्याल, नत सामाजिक, साँस्कृतिक तथा वातावरणीय प्रभाब न्युनिकरण सम्बन्धी चेतना नै छ । यस ले गर्दा बर्षातमा कतिले ज्यान गुमाउनु पर्यो, कतै गाउ बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन ।  नियम बिपरित योजना/तर्जुमा बिना डेजर जोताउने काम मात्र बिकास हो त ॽ यो एउटा अपारदर्शीताको ज्वलन्त उदाहरणका रूपमा देखिएको छ । चुवाबी अभियानमा घरघरमा छरिएका घोषणात्रमा उल्लेख गरेका २ ओटा बुँदामात्र क्रियान्वय गरे पनि झिनो अपेक्षा त लिन सकिन्थ्यो । 
स्थानीय तहमा हालको अधिकार सम्पन्न स्थायी एवम् दिगो सरकार भनिएको सार्वजानिक संयन्त्रमा 'सेलेक्टेड' र 'इलेक्टेड' समूहबीचमा आआफ्ना घमण्ड देखिरहेको छ । सेलेक्टेड वा कर्मचारी र इलेक्टेड वा जनप्रतिनिधि, एउटाले नीति, ऐन, नियम, कानुन र अनुभवको घमण्ड देखाउँदै आएको छ भने अर्कोलाई जनताले चुनेर पठाएकोले आफु सर्वेसर्वा नै हुँ भन्ने दम्भ छ । कर्मचारी सबै थाहा छ, जानेको छ, भन्छन भने जनप्रतिनिधि सम्पुर्ण केन्द्रिय निर्णायक नै आफु हुँ भन्ने दम्भ छ । जनप्रतिनिधि र कर्मचारी एकअर्कालाइ टेर्दैनन् । कतिपय स्थानीय निकायमा प्रतिनिधि र कर्मचारीहरूका बीचमा बिवाद भइ कुटाकुटको खबर समेत सार्बजानिक भइरहेका छन । स्थानीय निकायको निर्वाचन भएको एक बर्ष भन्दा बढी गुज्रिदा भैसि हिडाउने कच्ची सडक बाहेक कुनै आमुल परिवर्तन देखिदैन ।
नागरिकको सन्तुष्टि र मुलुकको विकास र संबृद्दीमा निहित रहेका यी दुबै पक्षबीच नङ र मासुको सम्बन्ध जबसम्म हुन सक्दैन तबसम्म सर्बसाधारणमा असन्तुष्टि कायमै रहन्छ र त्यसको असर सेवा प्रवाहमा पर्न गई समाज र मुलुकको विकासको गतिमा नै अवरोध सिर्जना हुनपुग्छ । सेवाप्रवाहमा मुख्यगरी राज्यको विद्यमान कानुनमा टेकेर काम गर्ने,  हेल्प डेस्क राखेर जनतालाई सुसूचित गर्ने जस्ता कार्यहरू पर्दछन । कर्मचारीहरू स्थानीय निकायमा पुरानै ढङगले काम गर्दै आएको शैली देखिन्छ । यद्यपि, केही जनप्रतिनिधिमा पनि यस्तो समस्या रहिरहेको छ । अर्कातर्फ कर्मचारी पनि पर्याप्त नभएकाले योजनागत प्रशासनिक कार्यक्रमहरूले गति लिन सकेको छैन ।
कर्मचारीमा बीसौँ वर्ष स्थानीय निकायमा काम गरिरहेका छौ । त्यसकारण हामीलाई ऐन/नियमबारे सबै थाहा छ भन्ने घमन्ड छ । तर, यो त उहिलेको पन्चायति स्थानीय निकाय जस्तो त होइन ॽ जनप्रनिनिधिमा पनि आफू सर्वेसर्वाहौ भन्ने घमन्ड छ । कर्मचारी र जनप्रतिनिधि एउटा लेफ्ट र अर्का राइट हेन्ड हुनुपर्छ । दुइटैको साथ र सहयोग भयो भने प्रविधिमैत्री सेवा सेवाप्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउन निकै सहज र प्रभाबकारी हुन्छ ।

घरदैलोमा पुगेन सेवा
लोकतान्त्रिक ढङगले जनकल्याण सम्बन्धी कार्य सन्चालन गर्ने संयन्त्र कर्मचारी प्रशासन हो । त्याहाबाट नागरिकले कल्याणकारी सेवा प्राप्त गर्न सक्नुपर्छ । राष्ट्रको सरकारबाट आफ्ना नागरिकहरूको हित र उन्नतिका लागि नियमित, आकस्मिक, सेवा सुबिधाहरू बिकास र गतिबिधिहरूको सर्बसुलभ उपलब्धताले नागरिकको मन जित्न सक्नुपर्छ । अहिले दिगो सरकार भनिने स्थानीय निकायहरूमा झन भ्रष्टाचार मौलाएको खबर सार्बजानिक भइरहेका छन । यसले समग्र जनप्रतिनिधि र राष्टसेवक कर्मचारीहरूको बिश्वसनियता माथि उत्तिकै ह्रास आएको देखिन्छ । 
जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरणको माध्यमबाट मात्र समाज र मुलुकमा सुशासनको अनुभुती हुन्छ । जुन नागरिकले अपेक्षा गरेका बिषय हुन ।
सरकारले बजेट मार्फत सार्वजनिक प्रशासनलाइ जनमैत्री, पारदर्शी, छिटो छरितो र प्रभावबारी बनाउन ई-गभरमेन्स (बिधुतीय सुसासन सेवा ) महत्वकांक्षी योजना सार्बजानिक गरेको छ । तर सेवा प्राप्तिका लागि नागरिकहरूले सास्ती खेपिरहेका छन । प्रशासनिक निकायहरूमा गोजि छामेर मात्र हुदैन, भेटि बुझाउनै पर्छ । अन्यथा अनावश्यक ढिलासुस्ती, हैरानी हुन्छ, कित कामै हुदैन । दुरदराजका क्षेत्रहरूमा यो संस्कार अझै सम्म ब्याप्त छ । हालसम्म सेवा प्रबाह र नागरिकले पाउने सेवाको अवस्था सन्तोषजनक छैन । यसका विभिन्न कारण देखा परेका छन । संरचनात्मक ढाँचा बदलिरहनु, चुस्त व्यवस्थापन नहुनु र आचरण र व्यवहारमा सुधार नहुनु । विधिको शासन मान्ने किसिमको संस्कृतिको विकास हुन सकेन । दण्डहिनता बढ्यो । भ्रष्टाचारको रोकथाम जुन रूपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । यहि संस्कारको निरन्तरता रहेमा स्थानीय सार्वजनिक प्रशासन कहिले सुध्रने ॽ
अनियमितता नियन्त्रणको सन्दर्भमा जोडतोडले लागेको सरकारी संयन्त्र नै सफल हुन सकिरहेको छैन । यत्रो प्रयासका बीच पनि नरोकिएको र दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । ऐन, कानुन र विधिको शासनको बलियो कार्यान्वयन हुनुपर्छ । सार्वजानिक सेवा लक्षित वर्ग र लक्षित स्थानसम्म पुगेको सुनिश्चित गर्नुपर्दछ । सेवा प्रवाह वा वितरणले सेवा सिर्जना हुने कुरादेखि सेवाग्राहीले सेवा प्राप्त गर्ने र सो सेवा सहज रुपमा उपयोग गर्ने कुरासम्म समेटिनुपर्दछ । सार्बजानिक प्रशासन संयन्त्रमा दलिय भातृ संगठनमुक्त, स्वतन्त्र र मर्यादित र अनुसाशित हुनु जरूरी छ किनभने त्यसभित्रबाट बिशुद्द नागरिकको हितमा सेवा प्रबाह हुनुपर्दछ । गलत मानसिकता परिवर्तन गरी धारिलो औजारका रूपमा स्थानीय प्रशासनलाइ रूपान्तरण गरिनुपर्दछ ।
पुर्बाधार अभाव कायमै
अधिकांश स्थानिय तहमा अझै बैकिङ सेवा सन्चालन हुन सकिरहेको छैन । स्थानीय सरकारको गठन भएको डेढ वर्ष बितिसक्दा  पनि हालसम्म पनि बैकिङ सेवा सुरूवात भएको छैन । करिब १ वर्ष अगाडी नै नेपाल राष्ट् बैङकले सम्बन्धित बैङकहरूलाइ स्थानीय तहमा शाखा खोल्न परिपत्र गरेको भएता पनि उक्त निर्देशनको वेवास्ता गर्दै बैङकले शाखा खोल्न अटेर गरेका छन ।
नियमित बिद्युत, ईन्टरनेट, भवन तथा सुरक्षा अभावको कारण देखाउँदै बैङक शाखा गाउँपालिकामा केन्द्रमा पुग्न सकेका छैनन । बित्तिय कारोबार तथा सेवाका लागि जिल्ला सदरमुकाममा नै धाउनु पर्दा अहिलेको बिकेन्द्रिक शासन प्रणालीले पन्चायत कालकै झल्को दिन्छ । नियमित बिद्युत र इन्टरनेट सेवा उपलब्ध नभएका कारण हालसम्म पनि सेवा पुगेको छैन । सरकारको गत असार मसान्तभित्र सबै गाउँपालिकाको केन्द्रमा बैंक स्थापना गर्ने नीति तथा योजना भए पनि स्थानीय तहमा अझै बैंक गएका छैनन् । यसका साथै स्थानीय प्रहरी चौकि, आधारभुत स्वास्थ्य केन्द्र समेत गाउँपालिका केन्द्रमा छैनन ।
बैङक नहुँदा आर्थिक कारोबार गर्नका लागि कर्मचारी नै सदरमुकाममा खटाएर राख्नु परेको छ ।  बैंक नभएपछि नागरिकलाई प्रवाह गरिने सेवा प्रभावित भएका छन् भने विकास निर्माणका काममा स्थानीय तहले गर्ने खर्चमा पनि कमि देखिएको गुनासो बढेको छ । स्थानीय सरकारका माग सुनुवाइ नगरेको भन्दै गाउँपालिका प्रमुखहरू आक्रोशित बनेका छन् । गाउँपालिकामा केन्द्रमै यस्तो हालत देखिएको छ भने सबै वडापालिकाको झन नाजुक स्थिति छ । पूर्बाधार बिना नै सरकारले महत्वकांक्षी योजना बजेट मार्फत प्रस्तुत गरेको छ तर कार्यान्वयन पक्ष फितलो हुदा स्थानीय तहले सास्ति खेप्नुपरेको छ ।

अधिकार प्रयोगमा सुस्तता
अधिकार सम्पन्न स्थानीय निकायका वडापालिकाबाटै समाधान हुनसक्ने विवादहरू त्यहाँका जनप्रतिनिधिले गाउपालिकाको न्यायिक समितिमा पठाउने र न्यायिक समितिले विभिन्न कारण देखाउँदै प्रहरी र अदालत पठाउने गरेका छन् । संविधानले दिएको न्यायिक अधिकारको प्रयोगमा स्थानीय सरकार सुस्त र निष्प्रभावी हुँदै गएको छ । स्थानिय सरकारका वडाका जनप्रतिनिधि र न्यायिक समितिले अन्यायमा परेकालाई न्याय दिलाउने काम गर्न सकि रहेका छैनन् । स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय जनप्रतिनिधि समस्या समाधान गर्नुको सट्टा थाहा नपाएझैं कानमा तेल हालेर बस्ने गरेका छन् ।
स्थानीय तह संचालन ऐन २०७४ मा जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद लगायतका पञ्जीकरण सम्बन्धी कामको छिनोफानो वडापालिकाबाटै हुनसक्ने प्रावधान छ । जन्म, विवाह भएको देखेको वा थाहा पाएको भएमा वडाप्रतिनिधिहरू आफैं सूचक बसेर भए पनि यस्ता बिषयमा सनाखत गर्न पाउने प्रावधान कानूनमा छ । कानूनमा यस्तो व्यवस्था भए पनि जनप्रतिनिधिहरूले तदारुकताका साथ काम नगर्दा सर्बसाधारण न्याय पाउनबाट वञ्चित छन् । अझै पनि मोटो रकम खर्चेर अदालत नै पुग्नुपर्ने बाध्यता छ । अधिकांश अदालत पुग्ने विवादहरूमा अंशबण्डा, मानाचामल, सम्बन्धविच्छेद लगायतका छन् । जुन मुद्दालाई स्थानीय तहबाटै हल गर्न सकिन्छ । तर, जनप्रतिनिधि क्रियाशील नहुँदा विवादहरू अदालतसम्म पुग्ने क्रम रोकिएको छैन । जनप्रतिनिधिहरूको महाराज शैली र निश्क्रियताले सर्बसाधारण निराशा बढेको छ । सामान्य विवाह दर्ता र जन्मदर्ता सम्बन्धी विवादहरू स्थानीयस्तरमै सुल्झाउन कानूनी जटिलता, कर्मचारी र भौतिक संरचना अभाव कायमै छ । समस्याको रूपान्तरण कहिले हुने ?
स्थानीय सरकार संचालन ऐन २०७४ ले विभिन्न ११ किसिमका मुद्दामा आफैं निर्णय गर्न र मेलमिलापको माध्यमबाट मुद्दा पनि टुंगो लगाउन सक्ने अधिकार न्यायिक समितिलाई दिएको छ । त्यस्तै हालत छ वडा तहका जनप्रतिनिधिहरूको पनि । उनीहरू पनि सकेसम्म गाउँठाउँका विवाद मिलाउन खोज्दैनन् । विवाद समाधान गर्दा एउटा पक्षतर्फ लाग्नुपर्ने र न्यायनिसाफ दिनुपर्ने भएकोले भोलि मुद्दा हार्ने पक्षले नराम्रो तरिकाले हेर्ने ठानेर जनप्रतिनिधिहरू सकेसम्म मुद्दामामिला मिलाउनबाट टाढै रहने गरेका छन । संघीय संरचनामा वडापालिकालाई आफ्नो क्षेत्रभित्रका कतिपय विवादहरू टुंगो लगाउने अधिकार छ ।
आफ्नै गाउँठाउँ वा परिवारका विवाद समाधान गर्न गाउँठाउँकै जनप्रतिनिधिलाई सजिलो होला भनेर स्थानीय सरकार सञ्चालन ऐनमा समाधानको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिइएको हो । कतिपय परिस्थितिमा  जनप्रतिनिधि र विवादमा संलग्न व्यक्तिहरू नातेदार नै हुन्छन् । यस्तो घटनामा जनप्रतिनिधिहरूले न्यायनिसाफ दिएर नातागोतामा नराम्रो बन्न चाहँदैनन् या पहुँच हुनेलाइ न्याय दिन्छन । जनप्रतिनिधिले आफू सूचक बसेरै कतिपय विवाद वडामै मिलापत्र गर्न सक्छन तर वडाका जनप्रतिनिधिहरू यस्ता विवादका घटनामा सूचक बस्नै चाहँदैनन् । यस्तो हालत नैतिक मूल्य र सदाचार कता पुग्ला ? सुशासनको अवस्था कस्तो होला ?

सुशासनको अभाब
शक्ति र स्रोतसाधन सम्पन्न स्थानीय तहमा अनियमितताको बढ्दो क्रममा छ । स्रोतसाधन र अधिकार क्षेत्र आफ्नो व्यक्तिगत स्वामित्वमा रूपान्तरण गर्ने प्रवृत्ति हावी भएको छ । संघीय प्रणालीले राज्यशक्तिको अधिकार र स्रोतसाधन जनताको नजिक पुर्याएको छ । ती स्रोत साधनसँगै व्यक्तिगत लाभका आकांक्षा पनि बढिरहेका छन ।
स्थानीय जनप्रतिनिधि स्वच्छ चरित्रका भएमा कर्मचारीलाई अनियमितता गर्न सजिलो हुँदैन । बिशेष गरि पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष अनियमित कार्यबाट टाढा रहने हो भने स्थानीय स्तरमा भ्रष्टाचार हुन गाह्रो हुन्छ । स्थानीय जनप्रतिनिधिमा राजनीति कमाउने पेशा होइन, यो समाज सेवा हो, सेवाकै माध्यमबाट सन्तुष्ट हुने र प्रतिष्ठा आर्जन गर्ने हो भन्ने महसुस हुनु आवश्यक छ । सम्बन्धित राजनीतिक दलले पनि चुनावमा उम्मेदवार बनाउने समयमै विचार गर्ने र आफ्नो पार्टीबाट चुनिएका प्रतिनिधिको गतिविधिमा निगरानी राख्नु जरुरी छ । राजनीतिक नेता हुनु भनेको आफ्नो विचारलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्न पाउने अवसर हो । यस्ता व्यक्ति नै व्यक्तिगत लाभमा तल्लीन हुने हो भने समाज कस्तो होला, नैतिक मूल्य र सदाचार कता पुग्ला ? सुशासनको अवस्था कस्तो होला ?
स्थानीय स्तरमा सम्भावित अनियमित र अनैतिक कार्य हुन नदिन स्थानीय गाउँपालिका नगरपालिकाको को नेतृत्वले कानुनको पालना, पारदर्शिता, स्थानीय आचारसंहिता निर्माण र कार्यान्वयन गर्नुपर्छ । पक्षपातरहित सेवा, खर्च विवरण प्रकाशन, नागरिक सुनुवाइ, गुनासो व्यवस्थापन, सम्पत्ति विवरणको प्रकाशन, सदाचार भेला र सार्वजनिक प्रतिज्ञा पनि सुशासन र सदाचार विकासमा सहायक हुनेछन् । सकारात्मक सोचबारे प्रशिक्षण, सम्पूर्ण सूचनासम्म नागरिकको पहुँच, सही र वास्तविक तथ्यांक संकलन र अभिलेख व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह, समय पालन, मितव्ययिता, सक्षम र इमान्दार अनुगमन र सुपरीवेक्षणको माध्यमबाट सदाचार सुनिश्चित गर्न सकिन्छ । स्वतन्त्र स्थानीय मिडिया, पछाडि परेका र पारिएका जनसमुदायको सार्वजनिक गतिविधिमा संलग्नता आदि जस्ता माध्यमबाट सदाचार र सुशासन सवल हुन्छ । यसबाहेक प्रभावकारी नियमन, सक्षम लेखापरीक्षण र आवश्यक परेमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित निकायबाट निश्पक्ष, तर निर्मम कारवाहीको पनि आवश्यकता पर्न सक्छ ।

दधिराम खतिवडा
drkhatiwada1992@gmail.com
कान्तिपुर  : मंसिर १२, २०७५ ०७:५३

बेलायतले नेपाललाइ गरेको शोषण


बेलायतले नेपाली नागरिकलाई नेपालसँग कुनै सम्झौता नगरी ब्रुनाई र सिंगापुरमा सैनिक एवम् प्रहरी सेवामा भर्ना गरीरहेको विवरण उल्लेख गरी सकिएको छ। त्यसका अतिरिक्त एउटा गम्भीर प्रश्न के उठ्छ भने बेलायतले नेपाली नागरिकहरुलाई ब्रुनाई र सिंगापुरमा कुन कानुन अन्तर्गत भर्ना गरी कमिसन उठाइरहेको हो? यस बारेमा अहिलेसम्म नेपाल सरकारले ब्रिटिस सरकारलाई नसोधेको मात्र होइन, नेपाल सरकारको सार्वभौम अधिकारको उल्लङ्घन गरिरहेको छ।

जहाँसम्म बेलायती सेनामा कार्यरत गोर्खाहरुको कुरा छ, त्यसमा पनि विचित्रका कथाहरु छन् । भू.पू. गोर्खा सैनिकहरुले प्राप्त गर्ने ‘पौण्ड’ बेलायतले भारतको रिजर्भ बैंकमा पठाउछ र भारतीय रिजर्भ बैंकले नेपालमा भारतीय रुपैयाँ पठाउँछ। भारतीय रुपैयाँको परिवर्तयतामा आउने भिन्नताले भू.पू. गोर्खा सैनिकको पेन्सनलाई प्रभावित पार्दछ। यो अचम्मको व्यवस्थाले प्रत्यक्षत: नेपाली नागरिकको जीवनमा विदेशीको नियन्त्रण कायम रहेको छ। यो व्यवस्था कुनै कानुन र सम्झौताबाट निर्देशित पनि छैन।
अहिले तत्काल ब्रिटिस सेनाले महिलाहरुको गोर्खा ब्रिगेडमा भर्ना शुरु गरेको छ, जबकि यस सम्बन्धमा उसले नेपाल सरकारसँग कुराकानी समेत गरेको छैन। आफुखुसी भर्ना गर्ने यस कार्यले समेत नेपाली नागरिकको जीवनमा बेलायती रक्षा मन्त्रालयको नियन्त्रण कायम रहेको देखिन्छ। साथसाथै हरेक साल करिब १५० को संख्यामा भर्ना गरीने नेपाली युवाहरुको छनौटका लागि कट्टु र गन्जी लगाई डोकोमा बालुवा र ढुंगा बोकाई महिनौँ दिन पहाडमा कुदाउने कार्यले एकातिर हजारौँ जनजाति युवाहरुको शिक्षा बर्बाद भईरहेको छ भने अर्कातिर अति कठिन व्यायामका कारणले थुप्रै युवाहरुको फोक्सोमा गम्भीर समस्या देखिएका छन्।

नेपाली जनजाति समुदायले भोगेका समस्या
अहिलेसम्म करिब ८ लाख युवाहरु गोर्खा ब्रिगेडमा संलग्न भएको अवस्था देखिन्छ। तर पहाडी जनजातिमा व्याप्त गरिबीलाई हेर्ने हो भने गोर्खा ब्रिगेडमा भर्ना भए बापत यस समुदायलाई कुनै आर्थिक लाभ नभएको कुरा स्पष्ट देख्न सकिन्छ। यसबाट के निष्कर्ष सहजै निकाल्न सकिन्छ भने जनजाति समुदायका रहेको आर्थिक विपन्नताको मुख्य कारण गोर्खा भर्ती र त्यसमा हुने श्रमको शोषण नै हो। अहिलेसम्म १० पुस्ताले सेवा गरिसकेको छ। कुनै न कुनै पुस्तामा प्रत्येक जनजाति परिवारको कुनै न कुनै एक व्यक्ति गोर्खा भर्तीमा गएको छ। यदि त्यसबाट आर्जन हुँदो हो त प्रत्येक जनजाति परिवारको आय अन्य समुदायको तुलनामा राम्रो हुने थियो।

८ लाख व्यक्तिको ४ जनाको परिवार संख्याले हिसाब गर्दा पनि ३२ लाख जनजाति परिवार प्रत्यक्ष प्रभावित भएको अवस्था सहजै अनुमान गर्न सकिन्छ। खास गरी १६ लाख बालबालिकाको शिक्षा प्रभावित हुन गएको देखिन्छ। यसबाट जनजाति समुदायको प्रतिनिधित्व शिक्षा, निजामति र राजनीतिमा न्यून हुन गएको सहजै अनुमान गर्न सकिन्छ। यथार्थ पनि यही नै हो।

नेपालको पहाडी भेगमा आवास गर्ने मध्ये जनजातिको घनत्व बढी छ र विगतमा जीवन पनि यस भेगमा कष्टप्रद थियो। घरका काम गर्ने युवाहरु ब्रिटिस सेनाले प्रयोग गरेपछि उत्पादनमा खट्ने व्यक्तिको अभावमा गरिबीको हद बढ्नु स्वभाविकै हो। यस क्षतिका बारेमा नेपाल सरकारले विशेष चासो लिएर बेलायत समक्ष छलफल गर्नुपर्दछ। जसरी भारत माथिको बेलायती लुटको छलफल शशि थरुरले उठाएका छन्, त्यसरी नै नेपाली बौद्धिकहरु र नेपाल सरकारले पनि नेपाली युवाको प्रयोगबाट नेपालले भोगेको व्यापक गरीवीको समस्या बेलायतप्रति उठाउनुपर्छ र हाल जनजाति समुदायका नागरिकहरुले भोगिरहेको सीमान्ततालाई सम्बोधन गर्न आवश्यक रकम बेलायतले क्षतिपूर्ति वापत नेपाललाई उपलब्ध गराउनुपर्दछ।

जनजाति समुदायका बालबालिकाका लागि सम्पन्न स्कुलहरु स्थापित गर्ने, कम्तीमा ५ वटा मेडिकल कलेज सहितका पाँचवटा विश्वविद्यालय, पाँच वटा सा‌ंस्कृतिक पहिचान गोर्खा बलिदानको इतिहास अभिलेखबद्ध गर्ने संग्रहालय, जनजाति समुदायको भाषा संरक्षण जस्ता कुराका अतिरिक्त कम्तीमा जेहेन्दार बालबालिकालाई पठनपाठनका लागि आबश्यक छात्रवृति कोषको स्थापना गर्ने व्यवस्था बेलायतले गर्नुपर्छ। यी सहयोगहरु भू.पू. गोर्खा कल्याण प्राधिकरण स्थापना गरी सञ्चालन गर्नुपर्छ। यी मागहरुलाई केन्द्रविन्दु बनाएर नेपाल सरकारले बेलायत सरकारसँग कुराकानी गर्नुपर्छ।

विभिन्न युद्धमा मारिएका, हराएका र अंगभंग भएका भू.पू. गोर्खा सैनिकहरुको लगत नेपाल सरकारले मागी आवधिक गर्नुपर्ने आवश्यकता टड्कारो छ। अहिले न त नेपाल सरकारले युद्धमा मरेका, हराएका र अंगभंग भएका आफ्ना नागरिकको खोजी गरेको छ, न त बेलायत सरकारले नै दिएको छ। नेपाल सरकारले एउटा कार्यदल बनाई दोस्रो विश्वयुद्धदेखि अहिलेसम्म कति युवाहरु भर्ना भए, कति मारिए, कति हराए र कति घाइते भएका थिए, सबैको लगत तयार पार्ने कार्यलाई प्राथमिकता दिनुपर्छ। नागरिक बेच्न उद्धत राणा सरकारको प्रवृति पछिल्ला सरकारहरुमा पनि यथावत रहेको देखिन्छ। पञ्चायती शासनले गोर्खाहरुप्रति गर्ने व्यवहारमा कुनै परिवर्तन थिएन। त्यसपछिका कांग्रेस र कम्युनिष्ट सरकारहरुले पनि यति धेरै ठूलो क्षति भएको कुरालाई कहिल्यै गम्भीर रुपमा लिएको पाइँदैन।

कार्यदलले भारत, वर्मा, मलाया, यूरोप लगायत अनेकौ स्थानमा भएका युद्धमा मारिएका भू.पू. गोर्खाहरुको विवरण तयार पारी उनीहरुको सम्झनाको लागि स्मारक पार्क निर्माण गर्ने कार्य समेत गर्नुपर्ने हुन्छ। अन्यथा नेपालको इतिहाससँग जोडिएको गौरव र पीडा एवम् अपमान दुवै पक्ष गाँसिएको एउटा महत्वपूर्ण यथार्थ लोप हुनेछ। यसबाट के देखिन्छ भने भू.पू. गोर्खाहरुका समस्या उनीहरुका व्यक्तिगत स्वार्थ र लाभका समस्या होइनन्। यी समस्याहरु नेपाल राष्ट्रका समस्याहरु हुन्। यसमा नागरिकहरु व्यक्तिगत रुपमा ठगिएका मात्र होइनन्, राष्ट्र पनि ठगिएको हो। अतः यस मुद्धामा नेपाल सरकारको सक्रिय र जोडदार संलग्नता आवश्यकता छ।

सरकारले यस विषयमा सक्रिय सहभागिता नदेखाउनु भनेको एउटा खास जातिलाई वेवास्ता गरेको हुन जान्छ। यदि सरकार सँगसँगै यस मुद्दामा संलग्न हुन सकेन भने त्यस जाति विशेषसँग जोडिएका भू.पू. सैनिकहरुले स्वयम नेपाल सरकारका विरुद्ध आन्दोलनमा उत्रनुपर्ने हुन्छ र त्यो आन्दोलन जातीय आन्दोलनमा रुपान्तरित हुन सक्छ। त्यो अप्रिय अवस्था नेपाल राष्ट्रको अखण्डता र सामाजिक सद्भावका लागि नै चुनौतीपूर्ण हुनेछ।

सन् १९४७ को त्रिपक्षीय सन्धी र गोर्खाप्रतिको अपमान
सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्तिसँगै भारतबाट बेलायतले हात धुनुपर्ने अवस्था भयो। बेलायतीहरुलाई सबैभन्दा ठूलो चुनौती नै गोर्खा ब्रिगेड बन्न पुग्यो। यसलाई ब्रिटिस आर्मीमा कायम राखी बेलायत लाने पक्षमा बेलायत थिएन। उसको उद्देश्य पूरा भएसकेको थियो। त्यसैले ऊ सानो संख्यामा गोर्खा ब्रिगेडलाई घटाई भारतबाट बाहिरिन चाहन्थ्यो। त्यसैले पहिलो उपायका रुपमा उसले गोर्खा ब्रिगेडलाई भारतीय सेनाका रुपमा राख्न चाह्यो। तर सुरुका दिनमा यसलाई ‘साम्राज्यवादी अवयव’ भन्दै गोर्खा ब्रिगेडलाई स्वीकार गर्न नेहरुले अस्वीकार गरे।

तर, भारत र पाकिस्तान विभाजित भएपछि बेलायतलाई एउटा अवसर प्राप्त भयो। यो संगठित सेनालाई पाकिस्तानले लियो भने के होला? भन्ने भय सिर्जना गरी बेलायतले नेहरुलाई सहमत गरायो। परिणामस्वरुप उपनीवेशी बेलायत सरकार, अधिनस्त भारत सरकार र नेपालको राणा सरकारको बिचमा गोर्खा ब्रिगेडको भारत र बेलायतका बीचमा विभाजन गरी भविष्यमा पनि कायम राख्ने सहमति भयो जसलाई त्रिपक्षीय सन्धि भनिन्छ। यो राणाहरुले गरेको राष्ट्रप्रतिको एउटा घात थियो। स्वतन्त्रता आन्दोलन र विदेशको अनुभव बोकेका गोर्खाहरु राणा विरोधी हुन्छन् भन्ने मनोविज्ञान, आफ्नो सत्ता कायम राख्न भारत र बेलायतलाई आफ्नो पक्षमा राख्ने रणनीति र गोर्खा ब्रिगेडका नाममा नेपाली नागरीक विदेशीलाई बेचेबाट प्राप्त हुने धनका लोभले राणाहरुले त्रिपक्षीय सन्धिमा सहमति जनाए।

यस सन्धिले गोर्खा ब्रिगेडमा कार्यरत नेपालीहरुको हैसियत उनीहरु आवद्ध रहेको देशको सेनाको जस्तै समान हुनेछ र कुनै किसिमको भेदभाव हुनेछैन भनी स्पष्ट ढंगमा लेखियो। यो गोर्खा सैनिकलाई भ्रमित पार्ने षड्यन्त्रबाट गरिएको थियो भन्ने पछिल्ला दिनका घटनाहरुले पुष्टि गरे। गोर्खा सैनिकले आफूमाथि अन्याय भएको ठानी बगाबत नगरोस् भन्ने उनीहरुको चाहनाले समानताको सिद्धान्त समावेश गरिएको थियो। भारत वा बेलायती सेनामा रहने हो भन्ने छनौट गर्ने अधिकार पनि सन्धिले उनीहरुलाई दियो।

तर, भारत पुगेपछि बेलायत र भारतले नेपालसँग सम्पर्क नै नगरी दुईपक्षीय सन्धी गरी नेपाली नागरिक गोर्खाहरुलाई बेलायती सेनामा काम गर्दा पनि भारतीय तलब (पे) संहिता लागू गर्ने व्यवस्था गरी नेपालको सार्वभौमिकता एवम् स्वतन्त्रतामा प्रहार गर्ने कार्य भयो। यसकै आधारमा नेपाली नागरिकले ब्रिटिस आर्मीमा काम गरे बापत प्राप्त गर्ने पेन्सन नेपाल राष्ट्र बैंकमा नपठाई भारतीय रिजर्भ बैंकमा पठाउने व्यवस्था भयो। नेपालीले आर्जन गर्ने पेन्सनमा भारतीय नियन्त्रणको यो व्यवस्था आफैँमा अन्तर्राष्ट्रिय कानुन विपरित छ।

नेपाल सरकारले यी प्रश्न एवं समस्याहरुको बारेमा आफ्नो पहलकदमीमा अहिलेसम्म कुनै गतिविधि गरेको छैन। गरिहाले पनि त्यो राष्ट्रिय कर्तव्यको रुपमा अनुभुति गरेर होइन भू.पू. गोर्खा सैनिक प्रति दयामायाका अनुभुतिले मात्रै गर्दै आएको छ।

सन् १९५० मा नेपाल भारत सन्धि सम्पन्न भएपछि त्यसको व्यवस्था अनुसार सन् १९५० को सन्धिपछि त्यसपूर्व गरेका सबै सन्धिहरु खारेज भएको अवस्था छ। सन् १९५० को सन्धिले यस सम्बन्धमा स्पष्ट ढंगले बताएको छ। यदि त्यसो हो भने सन् १९४७ को त्रिपक्षीय सन्धीमा भारत पक्षको रुपमा रहेको छैन। अतः त्रिपक्षीय सन्धीको कानुनी बैद्यतामा स्वतः प्रश्न उठेको अवस्था छ। त्रिपक्षीय सन्धीमा टेकी गरिएको भारत र बेलायत बिचको दुईपक्षीय सन्धीको बैधानिकता पनि समाप्त भएको छ। अतः बेलायतले सन् १९५० पछि भारतीय पे कोड लगाई बेलायती सेनामा कार्यरत गोर्खा माथि गरेको भेद्भाव ग्रैरकानुनी रहेको स्पष्ट छ। सन्१९५० पछाडिका सबै गोर्खा सैनिकलाई समान तलब र पेन्सन पाउने हक स्वतः स्थापित छ । यो दाबी बेलायत सँग राख्नुपर्ने दायित्व नेपाल सरकारको हो।

त्यसपूर्व उपनीवेशमा काम गर्ने भू.पू. सैनिकहरुले पर्याप्त तलब र उनीहरु युद्धमा मरेका, घाईते भएका वा हराएका हुँदा सो को क्षतिपूर्ति उनीहरुका हकदारले पाउनुपर्ने अवस्था छ। अतः नेपालले आफ्ना नागरिकप्रति जिम्मेवारी बहन गर्नु पर्छ।

प्रवासमा नेपाली साहित्य

साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अह...