हालसालै नेपाल
अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजित अमेरिकामा रहेका नेपाली समुदायबीचको
अन्र्तक्रियामा केहि बुद्दीजीबी अगुवाहरूलेले यहाँ क्रियाशिल पत्रकारलाई गुनासोका गह्रौ
भारी बोकाएका छन् । पत्रकारले अरूका बारेमा मिथ्था समाचार लेखेकाकारण घरबाट बाहिर
निस्कदा श्रीमतीले ढोका थुन्ने अवस्था आएको पीडा समेत सहभागिले पोखेका छन ।
बिभिन्न बहानामा
नेपालीले नेपालीलाई नै ठग्ने गरेको तर त्यो कुरा पत्रकारले नदेखे झै गरेको, पत्रकार
निश्पक्ष हुन नसकेको, कपिपेष्ट पत्रकारिता
गरेको, नकारात्मक कुरालाई प्रश्रय दिएको, पैसा नलिई समाचार
नै नलेखेको, मिडियाले जे लेख्यो त्यो मान्नु पर्ने, त्यसमा
चित्त नबुझेर फोन गर्दा धम्कायो भन्ने आरोप खेप्नु परेको, नेजाभित्र ब्यापक दलीय अन्तरबिरोध
रहेको, सिजनल पत्रकारिता, चाकरि पत्रकारिता गरेको लगायतका
प्रतिक्रिया दिएका छन ।
हालसम्म
अमेरिकामा नेपाली भाषामा पूर्णकालिन
पत्रकारिता असम्भव प्राय नै देखिदै आएको छ । आफ्नो नियमित कामबाट बचेको समयमा
पत्रकारिता गर्नेको संख्या भने बाहुल्य छ । अमेरिकामा नेपाली भाषामा छापा तथा
अनलाईन मिडिया सन्चालन हुदै आएका छन् । तर, बिडम्बना बिभिन्न दलका भातृसंस्थाका
रूपमा कार्यसन्चालन गर्दै आएका छन ।
सत्यतथ्य खबर
आईरहेको छैन, आप्रावासीहरुको धेरै समस्या छ,
उनीहरु ठगिएका छन्, अनावश्यक रुपमा पैसा
बुझाउन बाध्य छन्, त्यसबारेमा लेखिदिनु पर्दछ । पत्रकार समाजको आँखा हो, पत्रकारिता संवेदिनशिल हुनुपर्छ
। अन्य आप्रवासी समुदायले लिएको सहुलियत नेपालीले पनि लिन सक्नुपर्छ ।
अमेरिकामा
क्रियाशिल नेपाली भाषाको पत्रकारितामा टीपिएस (अस्थायी संरक्षित स्थिति) को मुद्धा
प्राथमिकतामा पर्न सकेको छैन । हजारौ नेपालीको भविश्य जोडिएको टीपीसलाई निरन्तरता
दिन अमेरिकी सरकारसंग पहल गर्नुपर्ने देखिन्छ । नेपालीको सख्या अनुपातमा अमेरिकामा
धेरै संघ सस्था खुलेको तर समग्र आप्रबासिको मानवीय हितमा नभएको छ । यसमा मिडियाले
सतहमा ल्याउन जरूरी छ । पत्रकारिता कमाउ प्रणाली नभएर समाबेशी र कल्याणकारी हुनुपर्छ
। पत्रकारले राम्रो र नराम्रो कामको समाजमा निगरानी गर्न सक्नुपर्छ ।
गोरखापत्र दैनिक २०७५ माघ ५
No comments:
Post a Comment