एनआरएनको चुनाबी चहलपलमा दलीय गन्ध


अमेरिकामा रहेका नेपालीहरूको छाता संस्था भनिएको गैरआवासीय नेपाली संघ एनआरएनको आगामी (२०१९-२१) कार्यकालका लागि चुनावी अभियान सुरू भएको छ । यतिबेला बिशेषगरी आगामी नेतृत्वका आकांक्षीहरू सप्ताहान्त पारेर बाक्लो नेपाली डायस्पोरा रहेका सहरमा पुगिरहेका छन् । मेम्बरसिप ड्राइभ भनिने यो अभियानलाई कतिपयले पेनड्राइभबाट सदस्यहरूलाई बाहिर निकाल्ने अभियानका रूपमा बुझिरहेका छन् ।

अमेरिकामा रहेका गैरआवासीय नेपालीमा सुरूदेखि नै यो अभियानप्रति त्यति पोख्त चासो पनि देखिदैन । यहा आएका नेपालीहरूको प्राथमिकता र चरित्र बाँकि गैरआवासीय नेपालीको भन्दा फरक भएकाले पनि त्यसो भएको हुन सक्छ । कतिपय उम्मेद्वारका आकांक्षीहरू दलीय भगीनी संगठन मार्फत चुनाव लक्षित प्रेस बिज्ञप्ती जारि गर्दै आआफ्ना पक्षमा मतदान गर्न आब्हान गर्न भ्याएका छन । राजनीतिक गुट र समूहहरूसँगको साठगाठ, प्रत्यारोप र मोर्चावन्दिका ब्यापक छनकहरू देखिन थालिसकेका छन् ।

नेतृत्वमा एउटै अनुहार दोहोरिरहने प्रवृतिले एनआरएन अमेरिकामा कुनै नयाँपन देखिएको छैन । यो बासीपनका कारण पनि धेरैलाई सदस्यता लिने जाँगर नचलेको हो भनेर अनुमान लगाउँनेको पनि कुनै कमी छैन ।

अर्कोतर्फ अमेरिकामा यो अभियान सुरूका दिनदेखि नै विवादास्पद रहदै आएको छ। खासगरी पेनड्राइभ सदस्य अभियान चलाएर चुनाव जितेकोलगायतका आरोप लगाएर बर्तमान नेतृत्वविरूद्ध मुद्दामामिलासम्म चलेको र त्यसपछि पनि यो समस्यालाई बिशेष ध्यान दिएर सम्बोधन नगरेकाले धेरै मानिसको मन मरेको जस्तो देखिन्छ । यसअघि, ‘एकपटकलाई हेरौ न तभनेर सदस्य बनेकाहरू पनि देखियोभनिरहेका छन् । यसपटक पेनड्राइभ सदस्यताको पटाक्षेप गरी दुधको दुध पानीको पानी छुट्याउँने गरी गैरनेपाली मुलका विज्ञले चलाएको संस्थाद्वारा मेम्बरसिप थर्डपार्टी भेरिफिकेसन गर्ने सम्मका निर्णयहरू वर्तमान कार्यसमितिले गरेको छ।

सदस्यता छानबिनलगायतका कुरामा यसअघि पनि नीति बनेकै हुन् तर नीतिभन्दा नियत खराब भएपछिको परिणाम एनआरएन अमेरिकाले भोग्दै आएको छ। नेतृत्वमा एउटै अनुहार दोहोरिरहने प्रवृतिले पनि एनआरएन अमेरिकामा कुनै नयाँपन देखिएको छैन। यो बासीपनका कारण पनि धेरैलाई सदस्यता लिने जाँगर चलेको छैन । दलीय भगिनी संस्थाका रूपमा होइन एनआरएन तमाम प्रबासी नेपाली र नेपालप्रति उत्तरदायी हुनुपर्छ । तीन लाखको हाराहारीमा नेपालीहरू रहेको अमेरिकामा एनआरएनएप्रतिको आकर्षण बढाउने रणनीति, कार्यनीति र योजनाहरूमा नेतृत्वका आकाक्षिहरु केन्द्रित हुनु पर्छ । राजनीतिक टेकोका रूपमा होइन ।

२२ माघ २०७५ गोरखापत्रमा प्रकाशित

No comments:

Post a Comment

प्रवासमा नेपाली साहित्य

साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अह...