नेपालको संबिधान
२०७२ को धारा १७ मा स्वतन्त्रताको हक अन्तर्गत कुनै पनि ब्यक्तिलाई वैयक्तिक
स्वतन्त्रताबाट वञ्चित गरिने छैन अर्थात विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने
उल्लेख छ । अनि एउटा कलाकारले सामाजिक बिकृति बिरूद्द साङकेतिक गीत गाउदा राज्यको
टाउको दुख्नुपर्ने कारण के हो ॽ लोकतान्त्रिक ब्यवस्थामा यस्तो हर्कत स्वीकार्य
छैन ।
पशुपति शर्माले
हालसम्म सामाजिक रूपान्तरणका गीत संगीत गाउदै आएका छन । हालै उनको लुट्न सके लुट
कान्छा बोलको गितले राज्य र राजनीतिक बृत्तमा ऐतिहासिक भूकम्पीय रूप लिइएको छ ।
सरकारले उक्त गीत प्रतिबन्ध लगाउन उद्घोष गरेको छ भने पार्टी पङत्तिमा बिभाजन
देखिएको छ । सामाजिक सन्जालमा मत, अभिमत र आलोचना उत्तिकै पोखिएका छन ।
हिजो जीवन
शर्मा, बद्रि पंगेनीहरूले गाएको गीतले एकात्कमक राज्यसत्ता हत्याउदै शासक बन्न पुगेका
नेतृत्व किन पशुपति शर्मा माथि खनिदै छन ॽ हिजो सडकबाट आन्दोलन गरेर सत्तामा
पुगेका शासकहरू किन क्रुर बनिरहेका छन ॽ
सांस्कृतिक कलारिता क्षेत्र कतै समाप्त पार्न खोजिदै त छैन ॽ जनमानसमा
ब्यापक चर्चाको बिषय बनेको छ । चौतर्फि आक्रमण र आलोचना पश्चात युट्रयुबबाट
हटाइएको भनेको गीत जस्ताको तस्तै हुनुपर्छ भन्ने बक्तब्य साँस्कृतिक संघले जारी
गरेको छ । जनता सुन्न र बुझ्न चाहन्छन भन्दै सडकदेखि सामाजिक सन्जालसम्म समर्थन
पनि छ ।
सरकारी
कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई
लयमा ढालिएको छ ।शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनुहुदैन भन्ने
कुरामा सचेत रहेको भन्दै आफ्नो गीतले बिसंगतीलाई ब्यंग्य गरोस भन्ने एकमात्र ध्यय
लिएर उक्त गीत तयार पारेको थियो ।
कानुन द्वारा
निर्धारित केहि विशिष्ट सिमाहरुको पुर्ण सम्मान गर्नु कलाकारको पनि दायित्व हो ।
कलाकार सर्बैसर्वा होइन । कसैको अबहेलना, जातिय तथा सांप्रदायीक घृणाजन्य
अभिव्याक्ती त्यस्तै सिमा द्वारा प्रतिबन्ध लगाउन सकिने विषय हो । गितका शब्दहरु आलोचना समालोचनाका विषय हुन ।
यसलाइ राष्टिय एजेन्डाका रूपमा सतहमा गम्भिरतापुर्बक ल्याउनुको कुनै अर्थ छैन ।
कलाकार राष्टका गहना हुन् उचित स्थान दिनुपर्छ ।
Twitter:
@drkhatiwada1992
No comments:
Post a Comment