अशान्तितर्फ
कोरोना संक्रमणबाट १ लाख भन्दा बढी मानिसको मृत्यु, १८ लाखबाट उकालोलाग्दो संक्रमित संख्या, जनजीवन र अर्थतन्त्र आक्रान्त बनिररहेको विषम परिस्थितमा हालै अमेरिका मिनेसोटा राज्यको मिनियापोलिसमा ४६ वर्षिय एक अश्वेत अफ्रीकी अमेरिकी समूदायका नागरिक जर्ज फ्लोएडको प्रहरी कार्बाहीमा मृत्यु भएपछि बिभिन्न सहरहरूमा आगो दन्कीरहेको छ भने देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक उग्ररुप लिइरहेको छ ।
कोरोना संक्रमणबाट १ लाख भन्दा बढी मानिसको मृत्यु, १८ लाखबाट उकालोलाग्दो संक्रमित संख्या, जनजीवन र अर्थतन्त्र आक्रान्त बनिररहेको विषम परिस्थितमा हालै अमेरिका मिनेसोटा राज्यको मिनियापोलिसमा ४६ वर्षिय एक अश्वेत अफ्रीकी अमेरिकी समूदायका नागरिक जर्ज फ्लोएडको प्रहरी कार्बाहीमा मृत्यु भएपछि बिभिन्न सहरहरूमा आगो दन्कीरहेको छ भने देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक उग्ररुप लिइरहेको छ ।
एकातिर
महामारीबाट लाखौँ नागरिकको मृत्युले शोकाकुल बनेको अमेरिकि समूदाय अर्कातिर नस्लीय
जातीय हत्या, हिंसा र आन्दोलनले
त्रसित छ । कोरोना संक्रमणकाबीच सामाजिक दुरीबिहिन आक्रोशको ज्वाला रन्केको छ ।
मानवीय बर्बरता बिरूद्द न्यायका निम्ति ऐक्यवद्दता स्वरूप श्वेत तथा अश्वेत र
आप्रवासी समूदायहरूको समेत मिश्रित आक्रोशित प्रदर्शनले पुन अमेरिका अशान्त बनेको
छ । उक्त आन्दोलनले वर्षौंदेखि रहेको जातीय सामजिक र आर्थिक असमानतालाई
प्रतिबिम्बित गरेको छ । कोरोना र आन्दोलनको दोहोरो मारमा परेका अन्तराष्ट्रिय
आप्रवासिहरू अहिले त्रसित छन ।
अमेरिका आफैँमा
प्रजातन्त्र, मानवअधिकार र ब्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो । केही मानवअधिकारवादी
पर्यवेक्षकहरूले संयुक्त राज्य अमेरिकालाई उच्च मानवअधिकारको श्रेणीमा राखेका छन्
। आज बिश्वले बाच्न पाउने नैसर्गिक
मानवअधिकार उल्लंघनको फ्लोएड घटनालाइ नजिकको चस्माले हेरेको छ ।
अमेरिका कानुनत
राष्ट्रियता, लिङग, जात, वर्ण र भूगोलका आधारमा भेदभाव गर्न पाइदैन । विश्वभरबाट
प्रवेश गरेका आप्रवासीहरूको साझा फुलबारीमा संविधान र राष्ट्रियता सम्बन्धी ऐनले
कसैलाइ दोश्रो दर्जामा राख्दैन ।
अमेरिकाको श्वेत
जातिको ठूलो संख्यामा अझै पनि अश्वेत समुदायका मानिस अपराधी हुन्छन् भन्ने
नश्लवादी मनोविज्ञानले जरो गाडेको देखिन्छ । सन् १६१९ को दशकमा अफ्रिकी मुलका
मानिसलाई तत्कालीन अमेरिकी ब्रिटिस उपनिवेशमा ल्याइएसंगै दासीका रूपमा ठूला खेतमा
निःशुल्क श्रमका लागि ल्याइएका अश्वेत जातिहरू विभिन्न समयको आन्दोलनपछि आज पनि
समाजमा निकै ठूलो असमानता भोगिरहेका छन् ।
अब्राहम लिंकनको
दासमुक्तीको घोषणापछि पनि विभिन्न कानुनबाट अश्वेत जातिलाई दोस्रो दर्जाको
नागरिकमा राखेको बताएइको छ । सम्पूर्ण प्रकारको विभेद अन्त्यको माग गर्दै सन् १९६०
मा नागरिक अधिकार आन्दोलनका चर्चित अभियान्ता अश्वेत मार्टिन लुथर किङ र म्याल्कोम
एक्स मारिएपछि लोकप्रिय प्रतिरोधको प्रतिफलस्वरूप कानुनमा रहेका विभेद हटाएको थियो
। यद्यपी ब्यवहारमा कायमै रहेको देखिन्छ ।
हिंसात्मक आन्दोलन उत्कर्षमा
अहिले जर्ज
फ्लोएडको हत्याकाण्डमा ब्ल्याक लाइभ मैटर (बीएलएम) ले आन्दोलनको अगुवाइ गरेको छ ।
उक्त नागरिक अभियानले अफ्रिकी-अमेरिकी समुदायमा हुने काला जातिका मानिसहरूप्रति
हिंसा र प्रणालीगत नस्लवादको बिरूद्ध आन्दोलन गर्दछ । संयुक्त राज्य अमेरिकाको
फौजदारी न्याय प्रणालीमा कालो व्यक्तिहरूको हत्या र जातीय रूपरेखा, पुलिस क्रूरता, र जातीय असमानता
जस्ता व्यापक मुद्दाहरूको बिरूद्ध बोल्दै बीएलएमले नियमित रुपमा हिंस्रक विरोध
प्रदर्शन गर्दै आएको छ ।
मिनियापोलिस प्रहरी
अधिकारीले अश्वेत जातिका एक पुरूषमाथि अमानवीय क्रुरतापुर्बक हत्या गरेको भिडियो
फुटेज हजारौंले शेयर गरेका थिए । अर्को दिन उनीहरूको भिडिओसँगै प्रदर्शन पनि
अमेरिकाभरि फैलियो । स्वतन्त्रतापूर्बक बाच्न पाउने अधिकार विरपरित प्रहरीले जातिय
हिंसा गरेको भन्दै उक्त कदमविरूद्ध आक्रोशित भीडले सडकमा प्रहरीको गाडी आग्जनी र
आक्रमण भएका छन ।
अमेरिकाका प्राय
अधिकांश सहरमा ठूला प्रदर्शनहरू जारी छन् । मानवअधिकारवादीहरूले शान्तपूर्ण दाबी
गरेका प्रदर्शनका क्रममा सरकारी तथा सार्बजानिक सम्पत्तिमा आगजनी, तोडफोड, पसल र स्टोरमा लुटपाट गरेका छन्, । प्रहरीसँग ठाउँठाउँमा उनीहरूको झडप भएको छ । प्रहरीले घुँडा टेकेर माफी
माग्नुपरेको छ । हजरौँ हाताहात भएका छन । वाशिङटनमा ह्वाइटहाउस नजिकै फ्लोइडका
तस्बिर बोकेको भिडले फ्लोइडले भनेका अन्तिम वाक्य 'मलाई सास
फेर्न गाह्रो भयो' भन्ने नारा लगाएको थियो ।
आन्दोलकारीले
राष्ट्रपति निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको
न्युयोर्कस्थित ट्रम्प टावरमा समेत घेरा हालेका छन् । मिनीयापलिस, न्यूयोर्क, माईयामी, एट्लान्टा, फिलडेल्फीया लस एन्जलीस, पोर्टल्यान्ड, लूईभिलबाट क्रमिक सुरू भएको आन्दोलन
अमेरिकाभरि ठाउँठाउँमा प्रदर्शनहरू भइरहेका छन् । हजारौ आन्दोलनकारीमाथी
निर्मतापुर्वक पानी ट्याङकर र प्रहरीको घोडा कुदाइएको छ ।
आन्दोलनको
स्वरूप संयमित भनिए पनि विगत ४ दिनयता २२ वटा सहरबाट १७ सय प्रदर्शनकारीहरू
नियन्त्रमा लिइएको छ । तोडफोडका र चोरीका घटना बढेपछि कन्भिसनल डिपाटमेन्ट
स्टोरहरू बन्द गरिएका छन । कोरोनाका कारण बेरोजगार बनेका हजारौ अमेरीकिहरू अहिले
फुर्सदले फ्लोइड काण्डको आन्दोलनमा होमिएका छन । अधिकांश यसको फाइदा उठाउदै प्रदर्शनका
नाममा चोरि ठगि गर्न ब्यस्त छन । अराजक प्रदर्शनको प्रभावले करौडौको भौतिक क्षति
भएको प्रक्षेपण गरिएको छ ।
बर्बतापुर्बक हत्या
गत साता सोमबार
रातिको समयमा मिनियापोलिसका वासिन्दा जर्ज फ्लोयड एउटा स्टोरमा पुगेर नक्कली २०
डलर प्रयोग गररी चुरोट किन्छन । जाली नोटका साथ ठगी गरेको अभियोगमा क्षणभरमै उनलाइ
प्रहरीले पक्राउ गर्छन । प्रहरीको भनाइमा कारभित्र बसेका फ्लोयडलाई प्रहरीको
भ्यानमा राख्न खोजियो । जानाजान भुइँमा लम्पसार परे । त्यसपछि प्रहरी अधिकारी
डेरेक सौभिनले लडिरहेका फ्लोयडको घाँटीमा घुँडाले थिच्न सुरू गरे । उठेर प्रहरीको
कारमा चढ प्रहरी अधिकारी भन्छन । फ्लोइडले 'मैले
सास फेर्न सकिरहेको छैन' र 'मलाई नमार'
भनेको भिडिओमा सुनिन्छ ।
फ्लोयडले
बेलाबेलामा मलाई सास फेर्न गाह्रो भयो भनिरहे । तर, सउभिन झन्डै पौने ९ मिनेटसम्म
यसरी उनको घाँटी थिचिरहे । त्यसपछि प्रहरीले उनलाई स्ट्रेचरमा राखेर अस्पताल पुर्यायो
। अस्पताल पुर्याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरे । उनको मृत्यु भएको
खबर बाहिर सन्चार माध्यममा आउनेबित्तिकै प्रहरी अधिकारी सउभिनले उनको घाँटी थिचेको
भिडिओ सामाजिक सञ्जाल र इन्टरनेटमा भाइरल भयो । घटनास्थलबाट हिँडेरहेका कसैले त्यो
भिडिओ खिचेको बताइएको छ ।
मिनेसोटा प्रहरी
बिभागको नियमावलीमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको श्वास प्रश्वास नलीमा दबाव
नदिइकन घाँटी कसरी थिच्ने भन्ने तालिम प्रहरी अधिकारीलाई दिइने उल्लेख छ । यसलाई
घातक नहुने बल प्रयोग भन्ने गरिएको छ । कतिपयले प्रहरी अधिकारी मानसिक सन्तुलन
गुमेको भन्ने टिप्पणी गरेका छन । हत्यामा मारीएका अश्वेत न्यायको माग गर्दै प्रहरी
अधिकारी शौभिनलाई हत्याको अभियोग लगाइएको छ ।
जातिय विभेदको निन्दा
प्रदर्शनकारीहरूले
मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय दिनुपर्ने माग गरेका छन् । उनीहरूको आन्दोलन
जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र
विभेदको विरूद्धमा छ ।
‘नेशनल एसोसिएसन
फर द एडभान्टेज अफ कलर्ड पीपलले एक विज्ञप्ति जारी गरेर यस किसिमको हर्कत सामाजमा
कालाजातिका मानिसविरुद्धको भेदभावको एक नमुना रहेको बताएको छ । यो घटना नस्लीय
भेदभाव, जेनोफोबिया र
पूर्वाग्रहबाट प्रेरित रहेको भनेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘हामी अझै
धेरै मर्न चाहँदैनौँ ।’
यो घटनापछि
अमेरिकामा नस्लीय हिंसाको इतिहासको चर्चा पनि शुरु भएको छ । काला जातिका
मानिसविरुद्ध प्रहरीको बर्बरताको विषयलाई लिएर मानिसको आक्रोश बढिरहेको छ । यद्पी
यो अश्वेतमाथिको दमन यो पहिलो भने होइन । कयौँ घटना वीगतमा भएका उदाहरणहरू प्रशस्त
छन ।
अहिले फ्लोयडको
घाँटी थिच्ने प्रहरी अधिकारीलाई तेश्रो तहको हत्या अभियोग लगाइएको छ । उनीमाथि थप
अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य दुइ प्रहरी अधिकारी पनि बर्खास्त भएका
छन । तैपनि प्रदर्शन रोकिएको छैन । प्रदर्शनकारीहरूले
मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय दिनु पर्ने माग गरेका छन् । उनीहरूको आन्दोलन
जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र
विभेदको विरूद्धमा छ ।
अमेरीकी
जनसंख्याको १२ प्रतिशत हिस्सा काला जातिले ओगटेका छन् । जनसंख्याको कूल अनुपातको
तुलनामा प्रहरीद्वारा मारिनेमा सबैभन्दमा बढी अश्वेतहरू नै परेका छन् । सन् २०१५
देखि २०१९ को बीचमा २६ प्रतिशतभन्दा बढि अर्थात अश्वेतहरू सर्वसाधारण जनताको भन्दा
दुई गुणा बढी प्रहरीद्वारा घातक शक्तिको प्रयोगको सिकार भएका थिए । स्वदेशी
अमेरिकीहरू अमेरिकी जनसंख्याको १ प्रतिशत र पुलिसद्वारा घातक शक्ति प्रयोगको सिकार
हुने १ दशलब ७ छन् ।
एसियाली आप्रवासीमाथि आरोप
अमेरिकामा
कोरोनाको संक्रमण बढ्दै जादा सार्वजानिक सुपरमार्केटहरूमा चाइनिजजस्तो देखिनेलाइ
विभेद थियो । फ्लोयडको हत्यमा संलग्न
प्रहरी अधिकारी ड्रेक चौभिनले बीच सडकमा घुँडाले थिचिराख्दा अर्का एसियाली मुलका
प्रहरी अधिकारी टु थाउ पनि थिए । लाओसबाट शरणार्थीको रुपमा परिवारसँगै अमेरिका
छिरेका उनी पनि सेवाबाटट बर्खास्ती परेको छन । जर्ज फ्लोयडलाई ड्रेक चौभिनले
घुँडाले घाँटी थिचिरहँदा कुनै प्रतिक्रिया नजनाएको र उल्टै नजिक जान खोज्नेहरुलाई
रोकेको कारण जर्ज फ्ल्योयडका समर्थकहरुले एसियन अमेरीकनलाइ कठोर अश्वेत बिरोधी
(एन्टीब्ल्याक) भएको आरोप लगाएको छ । यसले एसियनहरुलाई आन्दोलनकारीले आक्रमण गर्न
सक्ने त्रास बढेको छ ।
न्युयोर्कस्थित
एसियाली मानवअधिकारवादी संस्था ‘अधिकार’ ले भनेको छ - एक एशियाली मुलको प्रहरी
अगाडी नै भएर पनि जोर्ज फ्ल्योईडको हत्या भई रहेको बेला केहि पनि गरेनन्, । हामी त्यसरी चुप बसेर केहि पनि नगर्न कदापि हुँदैन।
सम्पूर्ण आप्रवासी मजदुर वर्गको हैसियतमा हामी आफैंले पनि सोंचौं कि मानव अधिकारको
लागि हाम्रो संघर्ष पूर्ण रुपमा काला जातिको मुक्तिसंग गाँसिएको छ । हाम्रो
समुदायहरुले आवाज उठाउन अहिले अत्यन्तै जरुरी छ ।
नागरिक सुरक्षार्थ कर्फ्यु
राष्ट्रियरुपमा
हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको छ
। भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौं राउन्ड रबर बुलेट र अश्रुग्यास हानेको छ
। अमेरीकि रक्षा मन्त्रालय पेन्टागनले पहिलो पटक राष्ट्रिय सुरक्षा फौज (अर्ध
सैनिक) परिचालन गरिएको छ । हवाइ गस्ती कडाइ पारीएको छ ।
राजनीतिक दृष्टिकोण
अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनता शान्तिको पक्षमा रहेको वितण्डा मच्याउने
अराजक समूहलाइ दक्षिणपन्थी आतंकवादीको संज्ञा दिएपछि झन हिंसात्मक प्रदर्शनले सातौ
दिनसम्म पनि उग्र रूप लिइरहेको छ । अझ अन्तराष्ट्रिय स्तरमा जर्मन, बेलायत हुदै क्रमिक रूपमा फैलिदै छ ।
बाह्य आप्राबासी
समुदायलाई संरक्षण गर्ने मुलुकको परिचय बनाएको अमेरिकाले केही बर्ष यता देखाएका
नकरात्मक कदमले अमेरिका कुन बाटोतर्फ जादै छ भन्ने सन्दर्भमा यसको दोष राष्ट्रपति
डोनाल्ड ट्रम्प लागेको छ । सन् २०१६ को आम निर्वाचनमार्फत अमेरिकाको राजनैतिक
प्रशासनिक क्षेत्रमा गोरा राष्ट्रबादको दरिलो उपस्थितिले यहाका कालाजाती र अन्य
अल्पसंख्यक आप्राबासीहरुमाथि भेदभाव भएको महसुस गर्न थालेका छन ।
आगामी
राष्ट्रपतीय चुनावका उम्मेवार जोए वाइडेनले विरोध प्रदर्शन स्थलको भ्रमण गर्दै
भनेका छन् । हामी दु: खमा परेका राष्ट्र हौं । तर हामीले यस पीडाले हामीलाई नाश
हुन दिनु हुँदैन । हामी क्रोधित राष्ट्र हौं । तर हामीले आफ्नो क्रोधले हामीलाई
भस्म हुन दिदैनौं । हामी थकित राष्ट्र हौं, तर हामी आफ्नो थकानलाई हराउन दिदैनौं । यो पीडा सहनको निम्ति एक मात्र
तरिका भनेको सबै कष्टलाई उद्देश्यमा बदल्नु हो । र राष्ट्रपतिको रूपमा, म यस कुराकानीको नेतृत्व गर्न मद्दत गर्दछु ।
नेपालको रूकुम
पश्चिमको नवराज वि. क. हत्याकाण्ड र अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यकाण्ड
मिल्दोजुल्दो जातिय विभेदसंग सम्बन्धित छ । सामाजिक असमानता र विभेद कहाँ नहुने
रहेछ ॽ बदलिदो आधुनिक समाजमा किन न्युनतम मानवीयता हराउदै छ ॽ हामी पनि सवै
प्रकारका विभेद विरुद्ध खुलेर बृहत्तर छलफलमा जुटौँ । मानवता विरुद्धको अपराध
अक्षम्य हो भन्न पछि नहटौ । विभेदको
वहसलाई मानवीय मूल्य मान्यतासंग,
सहअस्तित्वसंग, भाइचारासं र विश्वव्यापी महान मानवताको परिचयका साथ अघि बढौ ।
दधिराम खतिवडा, टेक्सस,
अमेरिका @drkhatiwada1
