अमेरिकामा
बसोबास गरिरहेका प्रबासी नेपालीहरूको छाता संगठन गैरआवासिय नेपाली संघ (एनआरएन)
अमेरिकाको आसन्न चुनाव लक्षित आश्चर्यजनक जात्रा र भाँडभैलो सुरू भएको छ ।
राष्ट्रिय समन्वय परिषद्, निर्बाचन समितिद्वारा आगामी नेतृत्व (२०१९–२०२१)
चयनका लागि प्रारम्भिक ९ हजार १ सय ७२ मतदाताको नामावली, निर्वाचन
आचारसंहिता सहित मे महिनाको १८ र १९ मा मतदान मिति सार्बजानिक गरेपछि लडाइ थप
उत्कर्षमा पुगेको छ ।
जात्रा हेर्न
हाँडिगाउँ पुग्नुनपर्ने ऐतिहासिक नाटक पटकपटक एनआरएन नेतृत्व तथा नेतृत्वका
आकांक्षीहरूले प्रस्तुत गर्दै आएका छन । आफुले दाबि गरेको पदीय लाभ प्राप्त नहुने
पक्कापक्कि भएपछि निर्वाचनसंग असुन्तुष्ट एक पक्षले वर्तमान कार्यसमितिका प्रमुख र
संस्थाबिरूद्रद खनिएर निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्रदा दायर गरेका छन । प्रमुख
निर्वाचन संयोजकलाई बर्खास्त गर्न, नयाँ निर्वाचन प्रमुख
नियुक्त गर्न, एक महिना भित्र साधारण सभा बोलाउन, जारी निर्वाचन प्रक्रियालाई तत्काल रोक्न र सदस्यता दर्ता पुन खुला गर्न
मुद्दाका पक्षधरहरूको माग दाबि रहेको छ ।
संस्थापन पक्षको
स्वेच्छाचारी, निरङकुश शैली, बिधि र प्रक्रियालाइ लत्याउदै गरिएका हुकुमी शैली
समुल नष्ट पार्नका लागि ‘टेनेसि कोर्ट’ जानुको बिकल्प नरहेको अदालती प्रकरणका
वादीको स्पष्टिकरण रहेको छ ।
स्थापना काल
देखि नै विवादको चङगुलमा फसेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्
अमेरिका अहिले पनि विवादको चक्रब्यूहबाट अझै फुत्किन सकेको छैन । यसको मुख्य कारण
पद प्राप्ति कै लागि लडाइ हो ।
निर्बाचनको निकट
पुर्बसन्ध्यामा आफैले वर्तमान कार्यसमितिको नेतृत्व गरिरहेको पदाधिकारीले तमाम तीन
लाख नेपाली प्रवासीहरूको साझा संस्थाबिरूद्द लागेर संस्थाको अस्थित्व नामेट पार्न
खोज्नु आफ्नै घरमा आगो सल्काउनु बराबर हो ।
यस अघि (२०१७–२०१९)
कार्यसमिति चयनमा पनि उनीहरूले निर्वाचन परिणाम विरुद्ध मुद्दा दायर गरेका थिए ।
अर्काथरि बिभिन्न दलीय भातृसंस्थाका गुट, उपगुट र समूहहरू तामझामका साथ
नेपालीहरूको बाक्लो बसोबास रहेको क्षेत्रमा चुनाबी अभियान सन्चालन गरिरहेका छन ।
९ हजार १ सय ७२
मतदाता दर्ता भएको उक्त संस्था हाक्न बिभिन्न पदका लागि २ सय १९ जनाले उम्मेद्वारी
घोषणा गर्दै प्रतिस्पर्धामा उत्रेका छन । आकांक्षीहरूको तथ्थाङकको हिसाबले
प्रबासीहरूको सेवा र हितभन्दा पनि पदीय दायित्व र लाभ कसरी प्राप्त गर्न सकिन्छ
भन्नेमा जोड प्रस्ट देखिन्छ ।
राजनीतिक, सैदान्तिक, वैचारिक र संस्थागत हिसाबले मतभेद र
प्रतिस्पर्धा हुने दुई राजनीतिक ध्रुव नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क
समिति र नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मञ्चसँगबीच कडा प्रतिस्पर्धा हुने
देखिन्छ । बिदेशी भूमिमा समेत दलीय प्रभाब एनआरएनले जमाउदै आएको छ । पुँजीपतिहरूको
संस्था भनेर आरोप लाग्ने गरेको एनआरएन
भित्रभित्रै खोक्रो भइसकेको देखिन्छ । समाजसेवी एवंम् बौद्दिक बिद्वान
ब्यक्तित्वहरू यसलाइ जीवित राख्नका लागि प्रबासीकाबीच समन्वय, सहकार्य सहअस्थित्व
कायम गरी एकताबद्द साझा चौतारी बन्नपर्छ ।
अर्को उदेक
लाग्दो पक्ष, बिशुद्द गैरनाफामुलक सामाजिक अधिकार संस्था भनेर अमेरिकामा बिधिवत दर्ता
भएको गैरआवासिय नेपाली संघमा राजनीतिक चलखेल, दलीय संगठन र घुषपैठ चलिरहदा अमेरिकी
कानुन अनुसार संस्था नै खारेजीमा पर्ने सम्भावना पनि उत्तिकै छ । एनआरएनका अग्रज
अभियान्ताहरूले चासो दिन जरूरी छ । यो समग्र प्रवासी मजदुरहरूको संस्था बन्न
सक्नुपर्छ । पुँजीपतिहरूको मात्र होइन । श्रमिक मजदुरहरूको कल्याणकारी हितमा काम
गरोस । प्राप्त ज्ञान र सीपलाइ स्वदेशमा रेमिट्यान्स गर्न पहल गरोस ।
