प्रवासमा नेपाली साहित्य



साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौँ नेपाली नेपालबाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता बदलिँदैन । नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको  छ । त्यसैले प्रवासी कला साहित्यलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ । प्रवासमा नेपालीको जनसङ्ख्या वृद्धिसँगै साहित्यिक गतिविधि व्यापक रूपमा बढेका छन् । यससम्बन्धी संस्थाहरू जन्मने क्रम पनि अकासिएको छ । युरोपदेखि अमेरिकासम्म, एसियादेखि अफ्रिकासम्म नेपाली सर्जकहरू निरन्तर क्रियाशील छन् । उल्लिखित क्षेत्रमा नेपाली साहित्यिक संस्थाहरू खुल्ने क्रम बढिरहेको छ । तिनले निरन्तर साहित्यिक गतिविधि पनि गर्दै आएका छन् । 


विदेशी भूमिमा रहेर पनि प्रवासी चेतनाका कैयन् सिर्जना प्रकाशन भएका छन् । नेपाली डायस्पोराका सर्जकहरूले नेपाली भावभूमि र पात्रहरूको उपयोग गर्छन् । पात्रहरू पनि प्रेम, पीडा, सङ्घर्ष र सहयोगमा नेपाली भावनामा लफ्रक्क भिजेका छन् । डायस्पोराको साहित्यले जन्मभूमि र कर्मभूमिबिचको संवाद गराउँछ । भूगोल र भावनाबिच संवाद गराउँछ । अन्तरसंस्कृतिको अस्तित्वपूर्ण अन्तर्घुलन खोज्छ र ‘वसुदैव कुटुम्बकम्’ को बौश्विक मानवमूल्य स्थापनामा जोड दिन्छ । 


मानिसको अवसर र अस्तित्वको खोजीको यात्रा सुरु हुन्छ । डायस्पोरिक वा प्रवासी साहित्य त्यसैको उपज हो । मातृभूमिबाट टाढा भए तापनि साहित्य साधना सिर्जनामा प्रवासी नेपालीको उत्तिकै योगदान छ । नेपाली साहित्यको आयाम निकै फराकिलो भएको छ । आज नेपालबाहिरको नेपाली साहित्य फस्टाउने र विस्तारित हुने क्रममा छ ।


नेपाली प्रवासी साहित्यको विकासक्रमतर्फ विचार गर्दा विभिन्न मुलुकमा लाहुरे हुने क्रमसँगै नेपाली भाका, भाषा र साहित्यमार्फत नेपाली पहिचान विस्तार हुन थाल्यो । ‘बर्मा गए कर्म सँगै’ भन्ने नेपाली कहावतले बिदेसिएका नेपालीको दुःखपीडालाई श्रुतिमै सँगाल्दै आएको देखिन्छ । डायस्पोरा साहित्यको लिखित इतिहास भने रणशुर लिम्बूको ‘बर्माको सम्झना’ (संस्मरण आलेख) बाट सुरु हुन्छ । 


त्यसपछि मास्टर मित्रसेन बरालको गीत भजन, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ र ‘ब्रह्मपुत्रको छेउछाउ’, रूपनारायण सिंहको ‘भ्रमर’ (उपन्यास), इन्द्रबहादुर राईको ‘जयामाया आफू मात्र लिखापानी आइपुगी’ (कथा), लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर’, बिक्रमवीर थापाको ‘विगतको परिवेशभित्र’, गोविन्दराज भट्टराईको ‘मुग्लान’, कृष्ण धरावासीको ‘शरणार्थी’ लगायत कृतिले विदेशमा नेपालीले भोगे सहेका पीडाका अनुभूतिहरू, त्यसबाट खोजिएको मुक्तिको आन्तरिक वा औपचारिक सङ्घर्षका विम्बहरू उतारिएका छन् । यसरी प्रवासी जागरणले साहित्यका बहुबिधामा प्रवेश र निरन्तरता पाएको छ । सन् १९६० मा बेलायतमा स्थापित यती नेपाली एसोसिएसन स्थापनापछि संस्थागत रूपमा साहित्यिक अभियानमा क्रियाशील हुन थाल्यो । सन् १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापनापछि विभिन्न महादेश, देश, प्रान्तमा यसको सञ्जाल विकास भएपछि डायस्पोरामा रहेका नेपाली साहित्य, सङ्गीत, कला र संस्कृतिको विकास एवं आपसी सम्बन्ध संवर्धन, प्रवर्धन र प्रोत्साहनको अभियानले व्यापकता पाएको छ । यसले सर्जकहरूको साझा मञ्चका रूपमा काम गरिरहेको छ । 


विभिन्न मुलुकमा साहित्य संस्थाहरू खुल्ने र क्रियाशील हुने क्रम पनि निरन्तर उकालो लाग्दो छ । भौतिक उपस्थितिलाई डिजिटल प्रकाशन र भर्चुअल अन्तर्वि्रmयाले उछिन्दै गएपछि साहित्य, सङ्गीत, कला र संस्कृति विस्तारका अतिरिक्त अवसरहरू आक्रामक रूपमा विस्तारित एवं परिचालित छन् । यी सङ्घ संस्था, मञ्च, प्रक्रियाको सक्रियताले नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने, मौलिकता र पहिचान विस्तार गर्ने कार्य हुन थालेका छन् ।


पछिल्लो समय नेपालीको भ्रमणप्रियता, सिप र शिक्षामा भएको विकास र अध्ययन, अनुसन्धान एवं अवसरको खोजी गर्ने प्रवृत्तिले नियात्रा, खोज, निबन्ध, गजल, कविता र आख्यानहरू प्रकाशन हुँदै आएका छन् । ती कतिपय डायस्पोरिक संस्कृति र कतिपय सामान्य भावभूमिमा रहेका छन् । अधिकांश जस्तो नेपाली डायस्पोरा सर्जकहरू सामान्य साहित्यका सर्जक हुन् । साहित्य साँचो अर्थमा प्रचारका लागि नामका लागि मात्रै लेखिँदैन, यदि त्यसो हो भने जे जस्तो किसिमले प्रचारमा आइन्छ त्यसरी नै लेख्दा हुन्छ । 


नेपालको राजनीति व्यङ्ग्य तथा नेपालको गतिविधिलाई बढी समेटेरभन्दा पनि हामी जुन धरातलमा उभिएका छौँ त्यही धरातलका बारेमा यहाँका राम्रा गतिविधि र नेपालसँग दाँज्न मिल्नसम्म मिल्ने प्रवृत्तिका गतिविधिलाई समेटेर साहित्यिक सिर्जना गर्न सकेमा यो उपलब्धिमूलक रहन सक्दछ । त्यस्तै प्रकारले डायस्पोरामा रहेका साहित्यिक गतिविधिले पनि सम्बन्धित ठाउँका क्रियाकलापलाई विषयवस्तु बनाएर साहित्य सिर्जना गर्न सकेमा डायस्पोराका साहित्यिक संस्थाको उपलब्धिता आफैँमा रहन्छ । त्योभन्दा बढी नेपाली साहित्यको पर्खालमा एउटा इँटा थप्ने कामको सुरुवात यहाँबाट अवश्य हुन सक्दछ । डायस्पोरामा बसेर साहित्य सिर्जना गर्ने अर्थात् प्रवासमा रहेर आफ्नो रगत र पसिना विदेशी माटोमा सिँचिँदै गर्दा उनीहरूमा आएका उद्वेग उमङ्ग भावना तरङ्गलाई समेटेर नेपाली भाषा तथा साहित्यको विकास र विस्तार गर्ने हेतुले स्थापना भएको विविध संस्थाले नेपाली भाषा तथा साहित्यको उत्थानका लागि मरमग्दुर प्रयास गरेका छन् ।


विभिन्न विधाका स्रष्टाहरू निम्त्याएर भानु जयन्ती, मोती जयन्ती तथा लक्ष्मी जयन्ती जस्ता नेपाली साहित्यका महारथीहरूलाई सम्झेका मात्र होइन, उनीहरूको पहलले प्रवासमा रहेका भाषा तथा साहित्यप्रेमीलाई ठुलो प्रेरणा तथा उत्साह थप्नु स्वाभाविकै हो । 


संस्थागत अभियानबाट साहित्यप्रति चासो नराख्ने मानिसलाई समेत आकर्षित गरेको उनीहरूमा साहित्यप्रतिको चाख र उत्प्रेरणा बढेको हरेक कार्यक्रममा उपस्थित व्यक्तिको चापले स्पष्ट सङ्केत गर्दछ । डायस्पोरामा रहेका स्थानीय साहित्य संस्थामा साहित्यिक रचना सुन्ने र सुनाउने शृङ्खलाको कार्यक्रमले पनि साहित्य अनुरागीलाई आफ्ना भावना व्यक्त गर्ने स्थल बनेको छ । साहित्यिक कार्यक्रममा सुनिएका मर्मस्पर्शी, वेदना, माया, प्रेम, तरङ्ग, जीवनचर्या, देशको अवस्था र बिदेसिनु पर्दाका पीडा जस्ता कविताले दर्शकको मन नछोएको होइन । कम्तीमा यसैको माध्यमबाट आफ्नो देश, भाषा र साहित्यलाई सम्झने कार्यसमेत प्रवासबाट भइरहेको छ ।  अझ यस्ता वाचन कार्यक्रमको पृथक् सञ्चालन शैलीले झन् श्रोता तथा वाचकसमेतलाई कार्यक्रमको थप रोचकता थपेको हुन्छ । कतिपय राष्ट्रिय स्रष्टालाई नेपाल प्रज्ञा–प्रतिष्ठानले नसम्झिरहेको अवस्थामा पनि डायस्पोरामा यी संस्थाले सम्झेर प्रसिद्ध साहित्यकारको जन्मजयन्ती मनाउने परम्पराको थालनीसमेत भएको छ । यसरी देशबाहिर बसेर भाषा तथा साहित्यमा लागेर भाषा तथा साहित्यको उत्थानमा अनवरत लाग्नेलाई उत्साह र हौसला थप्ने कसले ? पक्का पनि भाषा तथा साहित्यको जगेर्ना गर्ने मूल स्थल भनेको नेपाल प्रज्ञा–प्रतिष्ठान हो ।


यी र यस्ता गतिविधि गर्दै आएका डायस्पोरामा रहेका साहित्यिक संस्थालाई कम्तीमा प्रतिष्ठानद्वारा गरिने कार्यक्रममा सहभागी गराउने उद्देश्य र लक्ष्यसहित कार्यक्रम तर्जुमा गरेर सधैँ एउटा मालामा उन्न सकेमा डायस्पोराको साहित्यिक यात्राले मात्र होइन, नेपाली साहित्यिक पाटोले एक उपलब्धिमूलक उज्ज्वल यात्रा तय गर्ने थियो । नेपालको साहित्यिक यात्रा केही हदसम्म देशको समग्र राजनीतिले प्रत्यक्ष या अप्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा यस्तो प्रभावबाट डायस्पोराका साहित्यकारहरू टाढै रहन सक्नु पर्दछ । उनीहरूले जुँगाको लडाइँ लडिरहनुभन्दा नेपाली साहित्यको विकास तथा विस्तारमा समय खर्चनु वेश हुन्छ । 


हिजो संस्कृतबाट सुरु भएको नेपाली भाषा साहित्यले नेपाली, अङ्ग्रेजी तथा अन्य मातृ भाषामा पनि आउन थालेपछि भाषा र साहित्य अझ सम्पन्न बन्दै गएको सन्दर्भमा अब हामीले नेपाली भाषा साहित्यलाई अझ फराकिलो बनाउनका लागि एक कदम अगाडि अगाडि बढ्नु आवश्यक छ । नेपाली भाषा साहित्यलाई विश्वमा चिनाउनका लागि पनि हामीले केही न केही गर्नैपर्ने आवश्यकता छ । 


दक्षिण एसियाका भाषा र संस्कृतिमा विद्यावारिधि डा. रोड्रिक चाल्मर्सले भन्नुभए झैँ जहाँबाट जसरी सुरु भए पनि, जहाँ रोपिए पनि ‘हामी नेपाली’ भन्ने भावना नेपालीभाषीबिच झाङ्गिइसकेको छ । यो भावनालाई अझ विस्तृत रूपमा वर्ग, जाति र लिङ्गमा भेदभावरहित तरिकाले जरा पसाउने काम चाहिँ इतिहासबाट पाठ सिक्दै नयाँ पुस्ताले गर्नुपर्ने हो कि ? अहिले प्रवासमा रहेका साहित्यकारले प्रकाशन, वितरण र पाठकको समस्याका अतिरिक्त विदेशमा अति व्यस्तताका साथ बिदेसिएका नेपालीले नेपाली भाषा साहित्यलाई संसारभर पु¥याएका छन् ।  विश्लेषकहरू भन्छन्, “नेपाली डायस्पोरिक लेखनमा एक किसिमको सृजनात्मक विष्फोट भएको छ र नेपाली साहित्यलाई थप समृद्ध बनाउन डायस्पोराले ठुलो भूमिका निर्वाह गरेको छ ।” प्रवासमा नेपाली साहित्यको विकास र प्रवर्धनका लागि धेरै साहित्यिक संस्था सक्रिय छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जस्ता संस्थाले विदेशमा पनि नेपाली साहित्यलाई मलजल गरिरहेका छन् । गैरआवासीय नेपाली सङ्घ अन्तर्गत भाषा साहित्य संस्कृति संवर्धन समितिले पनि साहित्यका क्षेत्रमा काम गरिरहेको छ । अधिकांश मुलुकमा स्थानीय साहित्यिक संस्था गठन गरेर थोरै काम र थकानबाट विश्राम लिन साहित्यिक रचनात्मक क्रियाकलाप बेलाबखत सञ्चालन भइरहेका हुन्छन् । 


यद्यपि प्रवासको साहित्यसामु थुप्रै चुनौती पनि छन् । एउटा प्रमुख चुनौती भनेको दोस्रो पुस्ताले नेपाली भाषा, संस्कृति र साहित्य भुल्दै जानु हो । उनीहरूलाई नेपाली भाषा, संस्कृतितर्फ जोड्न जति काम हुनुपर्ने हो, त्यति भइरहेको छैन । डायस्पोराका साहित्यिक संस्थालाई समेटेर अगाडि बढ्न सकेमा सुनमा सुगन्ध हुन्छ । यस्ता कार्यक्रमले निरन्तरता पाऊन् । 


नेपालीभाषी विश्वको जुनसुकै कुनामा रहे पनि वा नागरिकता लिए पनि उनीहरू नेपाली भाषा र साहित्यसँग टाढिन सक्दैनन् । विदेशको व्यस्तता र सीमितताबिच उनीहरूले जति कलम चलाएका छन्, त्यसले नेपाली साहित्यको विकासमा टेवा नै पुगेको छ । यो क्रम निरन्तर बढ्ने छ । 

कृतज्ञता ज्ञापन

 

जभन्दा ५ वर्ष अगाडि अर्थात १७ नोभेम्बर २०१८ मा अमेरिकी राजदुतावासले थमाएका केहि थान कागजात, केहि थान झोला, केहि थान शा, अनि उत्तिकै निराशासाथ गहभरी ँसु बोकेर कतार एयरलाइन्स हुदै टेक्ससको ड्यालस अध्यागमनबाट संयुक्त राज्य अमेरिका भित्रिएको थिएँ । उक्त समयवधिमा बिशेष सहयोग पुर्याउनुहुने दरणीय दाजुद्वय डा. भुपाल कट्टेल, नारायण कट्टेल, डिल्लीराम न्यपानेप्रति हार्दिकतापुर्वक कृतज्ञाता प्रकट गर्दछु ।


टेक्सस राज्यको रमन सहरमा सुरूवाती बसाइका क्रममा सहायता गर्नुहुने दरणीय ब्यक्तित्व सन्दिप श्रेष्ठ, सुरज पडेल एवंम् पुष्प लामाप्रति भारी छु । सन् २०२१ तत्कालीन मेरो घातक जटिल स्वास्थ्य प्रतिकुलतामा गुज्रिरहदा साथमा नेपाल पुर्याउन बिशेष भूमिका निर्बाह गर्नुहुने डिएन लामा शेर्पाप्रति णृ छु । उहाँले मला जीवनमा कहिल्यै नबिर्सिने तिहासिक गुण लगाउनुभएको छ ।

 

सन् २०२२ मा साधारण स्वास्थ्य लाभपछिको दोश्रो चरणको केन्टकी राज्यको लुइभिल बसाइका क्रममा वासीय सुबिधादेखि निरन्तर साथ सहयोग गर्नुहुने भान्जि हिमला दाहाल एवंम् ज्वा घट्टराज बास्तोलाप्रति भारी छु । र, बिशेष धन्यवाद दिन चाहन्छु । सामाजिक तथा पारिवारिक वातावरणको बसाइ सुमधुर, तिहासिक र अबिष्मणीय रहेको छ ।

संयुक्त राज्य अमेरिका बसाइको ५ वर्षे समायवधि पश्चात अमेरिकि संबिधान र कानुनअनुसार नागरिकताको प्रमाणपत्र प्रत्र हालै प्राप्त गरेको छु । यात्रा अझै लामो छ । धेरै काम गर्न बाँकि नै छ । यस दडानमा निरन्तर आर्शिवाद प्रदान गर्नुहुने सम्पुर्ण परिवारगण, नातागोता एवंम् शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद आभार ब्यक्त गर्दछु ।



                                                                                 

२८ डिसेम्बर २०२३ लुइभिल, केन्टकी

  संयुक्त राज्य अमेरिका

                              

 


युवा शक्ति सुदृढिकरण







दधिराम खतिवडा

 भनिन्छ युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन्, । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवा राष्ट्रका अमूल्य निधी हुन्, परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिन्छ । तर नेपाली समाजको सन्दर्भमा विडम्बना यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाहरूको क्षमताको सदुपयोग हुन सकेन । राष्ट्रले युवाको लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ । कुनैपनि देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रहरुमा युगान्तकारी बदलाव गर्ने सवालमा युवाहरुको भूमिका सदैव अग्रणीय रहदै आएको विगतका इतिहासले पुष्टि गर्छ । चाहे त्यो विश्वयुद्द होस वा विश्व र नेपालका सन्दर्भमा विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनका सवालमा युवा वर्गको उल्लेख्य भूमिका रहेको थियो ।

संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष अगस्ट १२ का दिनलाइ नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस बिभिन्न कार्यक्रम गरेर  औपचारिकता निर्वाह गर्ने काम गर्छ ।  नेपालले वि. स. २००४ देखि मात्रै यो अन्तर्राष्ट्रिय युवा दिवस मनाउन सुरू गरेको हो । युवा वर्गको काँधमा ठूलो जिम्मेवारी छ । रूपान्तरणका सबै आयामहरू, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता जरुरी छ । उ नै अल्मलियो भने मुलुक सधैँ अल्मलिइरहने छ । त्यस्तै युवाको सहि उपयोग कसरी गर्ने ? युवालाई निर्माण र विनिर्माणमा कसरी स्वचालित गर्ने ? सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने चिन्ता र चासो नीति निर्माताहरू रहनुपर्दछ । युवाका अपेक्षा र युवा उपयोगबीच सन्तुलन ल्याएर नै युवालाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सक्नुपर्छ ।

विद्यमान राजनीतिक पार्टीका कुनै पनि संरचनामा युवाको प्रतिनिधित्व जनसंख्याका आधारमा हुन सकेको छैन । राजनीतिक दल र सोका प्रमुख नेताहरुबाट कुनै पनि संघ/संस्थाका कार्यकारी स्थानमा युवा सिफारिश गर्ने गरिँदैन । कारण– उनीहरु युवालाई सधैँ अपरिपक्व, अदक्ष र कमजोर देख्छन् । यो उल्टो सोचलाई सुल्टो बनाई राजनीतिक पार्टीका उच्चदेखि तल्लो तहसम्म युवाको जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु आजको मूल एजेण्डा हो । यतिमात्र होइन, राजनीतिक पार्टीहरुमा युवा नीति नै छैन । नीति नै नभएपछि युवाहरुलाई विकास गर्ने कार्यक्रम हुने कुरा नै आउँदैन, यदि आइहाले पनि नीतिबिनाको कार्यक्रमको कुनै गन्तव्य नै हुँदैन।

आज हाम्रा गाउँबस्तीहरु युवाविहिन भएका छन् । त्यहाँ देखिएका दृश्यले नेपालको भविष्य कता जाँदैछ भन्ने दिशा निर्देश गर्दछ । नेपालको शासन रूपान्तरणका लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ। सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व र आकांक्षा पर्याप्त प्रतिविम्बित गराउनतर्फ सचेत हुनुपर्छ। युवाहरूलाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवम् अन्य विषयको खाँचो पर्छ। रोग, गरिबी र अन्य आवश्यकताका क्षेत्रमा युवाहरूलाई जोखिम कम गर्न तत् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकाहरूलाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधहरूलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सृजना गर्नुपर्छ

अहिले अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत कि त गैर युवा वर्गको हालीमुहाली हुँदा समेत नियमक निकायको ध्यान पुग्दैन कि त शत्तासिन राजनैतिक दलले सिधा सिधा आफ्ना सिमीत कार्यकर्ता पाल्ने उद्देश्यले सो कार्यक्रम ल्याएका हुन्छन जसले आम युवा वर्गमा अपनत्व हुने गरि प्रभावकारीता दिन सक्दैनन् । त्यसैले युवाका नाममा यदा कदा हुने गरेका यि प्रयासहरुको कार्यान्वयन पक्ष के कस्तो रुपमा कति प्रभावकारी रहयो समिक्षाको विषय हुनु पर्छ । यती प्रयासले मात्रै राज्यको विकासको प्रमुख संवाहक शक्तिका उपर राज्यको दायित्व पुरा भयो कि भएन ? गम्भीरतापुर्वक अध्यन गरिनुपर्छ ।

नेपालमा भएका हरेक ठूला आन्दोलनहरू युवा सहभागिताबिना असम्भवजस्तै थिए भन्नेमा कसैको दुईमत नहोला । तर हरेक आन्दोलनपछि युवाहरू खोला तर्न प्रयोग भएका लठ्ठीजस्तै किनारामा फालिए । राजनीतिक दलले युवालाई भ¥याङ बनाएर सत्तामा पुग्ने र त्यसपछि युवाको भावना भुल्ने प्रवृत्ति छ। यो प्रवृत्ति नेपालका सबै राजनीतिक दलले छोड्नुपर्छ। युवाको चाहना भनेको उद्यमशीलता, शिक्षा र रोजगारीको अवसर हो तर यसमा युवा मारमा छन्। अहिले पनि युवा रोजगारका लागि विदेशिनुपर्ने अवस्था छ। ठूला आयोजना कार्यान्वयन भएका छैनन्। युवा आफैँले गरी खाने वातावरण बनेको छैन। तरुणहरू परिवर्तनका संवाहक भनिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन। युवा जनशक्ति रोजगारका लागि स्वदेशमा औद्योगिक विकासको अपरिहार्यता छ ।

त्यसैले आज समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णीम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय ब्यतित गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्क्तिले अब सोच्नैपर्छ र केही त गर्नैपर्छ । किनकि युवाहरूको भाग्यको बिधाता युवाहरू स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै युवाका रचनात्मक नवीन सोचमा आधारित सत्य, न्याय र समानतामुलक समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।

मुलुकको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन ।

 नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन्, जसका कारण सत्यको पैरवी गरेर भन्दा नेताको चाकडी गरेर आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि आफ्नो स्वाभिमानको समेत बलि चढाउन तयार छन् । निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ, तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ । आफ्नो नागरिकप्रतिको राज्यको यो हदसम्मको अनुदारता र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारी नीति, नियम र गैरजिम्मेवार राज्यव्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ र त्यसका विरुद्ध र विकल्पमा समतामूलक नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ । आज विरुवाको रूपमा देखिएको यो नवीन चेतना नै भोलि तराईको फाँटदेखि पहाडको कुनाकन्दरा हुँदै हिमालको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको अहिलेको हाम्रो सामाजिक संरचनालाई नष्ट गरेर ढिलोचाँडो नयाँ सामाजिक संरचनाको स्थापना गर्ने छन्, जहाँ कसैले पनि विभिन्न जातपात, धनी गरिब र धर्मको आधारमा विभेदको महशुससम्म गर्न पाउँने छैनन् ।

 नेपालको शासन रूपान्तरणका लागि युवालाई विकास र राजनीतिमा केन्द्रित गर्न आवश्यक छ। सरकार र राजनीतिक दलहरू युवाको प्रतिनिधित्व र आकांक्षा पर्याप्त प्रतिविम्बित गराउनतर्फ सचेत हुनुपर्छ। युवाहरूलाई सरकारी र गैरसरकारी क्षेत्रबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, मर्यादित रोजगारी, रोजगारीका अवसरहरू, सार्वजनिक जीवन र नीति निर्माणका विभिन्न मञ्चमा सहभागिता एवं अन्य विषयको खाँचो पर्छ। रोग, गरिबी र अन्य आवश्यकताका क्षेत्रमा युवाहरूलाई जोखिम कम गर्न तत्त् क्षेत्रमा तीव्र र व्यवस्थित सेवा प्रवाह जरुरी हुन्छ। न्यून गुणस्तरीय वैदेशिक रोजगारीमा निर्भरता कम गर्न र त्यताबाट फर्किएकाहरूलाई समायोजन गर्न सरकारका कार्यक्रममा सुधार गरी संस्थागत र सामाजिक अवरोधहरूलाई हटाउँदै देशभित्र रोजगारीका अवसर सृजना गर्नुपर्छ। नीति निर्माण र कार्यान्वयमा युवा जनसहभागिता बढाउनुपर्छ । 

सबै नीतिमध्येको मूलनीति मानिएको राजनीतिलाई सही दिशानिर्देश गर्न युवा दूरदृष्टि, सक्षम नेतृत्व, कुशल व्यवस्थापकको आवश्यकता पर्छ। मुलुकको विकास र समृद्धिका लागि युवा जनसंख्या महत्त्वपूर्ण मानिन्छ। युवालाई विकासमा उपयोग गर्ने देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ। हाम्रो देशको शासन व्यवस्थालाई सबल र प्रभावकारी बनाउन राजनीतिमा युवाको आकर्षण र सहभागिता बढाउनु आवश्यक छ। राजनीतिक दलहरूले पनि युवाहरूलाई परिचालन गर्ने मात्र होइन, उनीहरूको योग्यता, दक्षता र क्षमता अनुसारको उचित अवसर र जिम्मेवारीसमेत दिनुपर्छ। राज्यको नीतिनिर्माण तथा नेतृत्वको जिम्मेवारी सक्षम युवालाई दिइनुपर्छ

 युवाको स्वयंसेवकीय भूमिकामा युवा संविधान र राष्ट्रिय युवा नीतिमा उल्लेखित युवा लक्षित कार्यक्रम सरकारले अभियानको रूपमा चलाइरहेको छ। विभिन्न मन्त्रालयमार्फत युवा लक्षित कार्यक्रम सञ्चालन गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, राष्ट्रिय युवा जागरण, कृषि उत्पादन, सुशासनमा युवा, विज्ञान प्रविधि र वातावरण संरक्षणमा युवा, पर्यटन प्रवद्र्धन, छुवाछूत विरुद्धको अभियानमा युवा, स्वयंसेवकीय भूमिकामा युवा क्रियाशील छन्। त्यसैगरी लैङ्गिक हिंसाविरुद्ध युवा, विपद् व्यवस्थापनमा युवा लगायतका कार्यक्रममा युवा लक्षित कार्यक्रम ल्याएको छ। उल्लेखित अवसर प्राप्तिका लागि युवा सधैँ अग्रसर हुनुपर्ने देखिन्छ ।

राज्यका हरेक तहमा युवा प्रतिनिधित्व, युवाहरुको नेतृत्व विकास तथा दक्षता अभिवृद्धि, युवाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउने, समग्र क्षेत्रका नीतिहरुलाई युवामैत्री बनाइनुपर्छ । साथै, हरेक राजनीतिक पार्टीले युवासम्बन्धी आफ्नो स्पष्ट नीति बनाउनुपर्छ। जसले राज्यका विभिन्न निकायबाट युवाका लागि सञ्चालन गरिने कार्यक्रमलाई समन्वय गर्न र पार्टीभित्र पनि युवा नेतृत्व निर्माण गर्न मद्दत पुग्नेछ ।

 युवाहरूले पनि कुनै पूर्वाग्रह नराखी आफ्नो चेतनाको सही सदुपयोग गर्दै अघिल्लो पुस्ताको अनुभवबाट सिक्दै उनीहरूसँग सम्मानपूर्वक सहकार्य गर्दै मुलुकमा विधिको शासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र रोजगारी सृजना आदि जस्ता नागरिकका आधारभूत आवश्यकताहरूका निम्ति अग्रसर हुनु अत्यावश्यक छ। अनि मात्र हामीले परिकल्पना गरेको समृद्ध, प्रगतिशील र समतामूलक समाज र राष्ट्रको निर्माण हुन सक्छ। अवको समय युवाको भविष्यको हो त्यसैले युवाले बैकल्पिक धारको नेतृत्व गर्दै राज्य सन्चालनको जिम्मा लिन हरदम रहनुपर्छ ।

२७ साउन २०८०, शनिबार गोरखापत्र राष्ट्रिय दैनिक

 


अशान्तितर्फ अमेरिका

अशान्तितर्फ 
कोरोना संक्रमणबाट १ लाख भन्दा बढी मानिसको मृत्‍यु, १८ लाखबाट उकालोलाग्दो संक्रमित संख्या, जनजीवन र अर्थतन्त्र आक्रान्त बनिररहेको विषम परिस्थितमा हालै अमेरिका मिनेसोटा राज्यको मिनियापोलिसमा ४६ वर्षिय एक अश्वेत अफ्रीकी अमेरिकी समूदायका नागरिक जर्ज फ्लोएडको प्रहरी कार्बाहीमा मृत्‍यु भएपछि बिभिन्न सहरहरूमा आगो दन्कीरहेको छ भने देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक उग्ररुप लिइरहेको छ ।

एकातिर महामारीबाट लाखौँ नागरिकको मृत्युले शोकाकुल बनेको अमेरिकि समूदाय अर्कातिर नस्लीय जातीय हत्या, हिंसा र आन्दोलनले त्रसित छ । कोरोना संक्रमणकाबीच सामाजिक दुरीबिहिन आक्रोशको ज्वाला रन्केको छ । मानवीय बर्बरता बिरूद्द न्यायका निम्ति ऐक्यवद्दता स्वरूप श्वेत तथा अश्वेत र आप्रवासी समूदायहरूको समेत मिश्रित आक्रोशित प्रदर्शनले पुन अमेरिका अशान्त बनेको छ । उक्त आन्दोलनले वर्षौंदेखि रहेको जातीय सामजिक र आर्थिक असमानतालाई प्रतिबिम्बित गरेको छ । कोरोना र आन्दोलनको दोहोरो मारमा परेका अन्तराष्ट्रिय आप्रवासिहरू अहिले त्रसित छन ।

अमेरिका आफैँमा प्रजातन्त्र, मानवअधिकार र ब्यक्तिगत स्वतन्त्रता भएको मुलुक हो । केही मानवअधिकारवादी पर्यवेक्षकहरूले संयुक्त राज्य अमेरिकालाई उच्च मानवअधिकारको श्रेणीमा राखेका छन् ।  आज बिश्वले बाच्न पाउने नैसर्गिक मानवअधिकार उल्लंघनको फ्लोएड घटनालाइ नजिकको चस्माले हेरेको छ ।

अमेरिका कानुनत राष्ट्रियता, लिङग, जात, वर्ण र भूगोलका आधारमा भेदभाव गर्न पाइदैन । विश्वभरबाट प्रवेश गरेका आप्रवासीहरूको साझा फुलबारीमा संविधान र राष्ट्रियता सम्बन्धी ऐनले कसैलाइ दोश्रो दर्जामा राख्दैन ।
अमेरिकाको श्वेत जातिको ठूलो संख्यामा अझै पनि अश्वेत समुदायका मानिस अपराधी हुन्छन् भन्ने नश्लवादी मनोविज्ञानले जरो गाडेको देखिन्छ । सन् १६१९ को दशकमा अफ्रिकी मुलका मानिसलाई तत्कालीन अमेरिकी ब्रिटिस उपनिवेशमा ल्याइएसंगै दासीका रूपमा ठूला खेतमा निःशुल्क श्रमका लागि ल्याइएका अश्वेत जातिहरू विभिन्न समयको आन्दोलनपछि आज पनि समाजमा निकै ठूलो असमानता भोगिरहेका छन् ।

अब्राहम लिंकनको दासमुक्तीको घोषणापछि पनि विभिन्न कानुनबाट अश्वेत जातिलाई दोस्रो दर्जाको नागरिकमा राखेको बताएइको छ । सम्पूर्ण प्रकारको विभेद अन्त्यको माग गर्दै सन् १९६० मा नागरिक अधिकार आन्दोलनका चर्चित अभियान्ता अश्वेत मार्टिन लुथर किङ र म्याल्कोम एक्स मारिएपछि लोकप्रिय प्रतिरोधको प्रतिफलस्वरूप कानुनमा रहेका विभेद हटाएको थियो । यद्यपी ब्यवहारमा कायमै रहेको देखिन्छ ।

हिंसात्मक आन्दोलन उत्कर्षमा
अहिले जर्ज फ्लोएडको हत्याकाण्डमा ब्ल्याक लाइभ मैटर (बीएलएम) ले आन्दोलनको अगुवाइ गरेको छ । उक्त नागरिक अभियानले अफ्रिकी-अमेरिकी समुदायमा हुने काला जातिका मानिसहरूप्रति हिंसा र प्रणालीगत नस्लवादको बिरूद्ध आन्दोलन गर्दछ । संयुक्त राज्य अमेरिकाको फौजदारी न्याय प्रणालीमा कालो व्यक्तिहरूको हत्या र जातीय रूपरेखा, पुलिस क्रूरता, र जातीय असमानता जस्ता व्यापक मुद्दाहरूको बिरूद्ध बोल्दै बीएलएमले नियमित रुपमा हिंस्रक विरोध प्रदर्शन गर्दै आएको छ ।

मिनियापोलिस प्रहरी अधिकारीले अश्वेत जातिका एक पुरूषमाथि अमानवीय क्रुरतापुर्बक हत्या गरेको भिडियो फुटेज हजारौंले शेयर गरेका थिए । अर्को दिन उनीहरूको भिडिओसँगै प्रदर्शन पनि अमेरिकाभरि फैलियो । स्वतन्त्रतापूर्बक बाच्न पाउने अधिकार विरपरित प्रहरीले जातिय हिंसा गरेको भन्दै उक्त कदमविरूद्ध आक्रोशित भीडले सडकमा प्रहरीको गाडी आग्जनी र आक्रमण भएका छन ।
अमेरिकाका प्राय अधिकांश सहरमा ठूला प्रदर्शनहरू जारी छन् । मानवअधिकारवादीहरूले शान्तपूर्ण दाबी गरेका प्रदर्शनका क्रममा सरकारी तथा सार्बजानिक सम्पत्तिमा आगजनी, तोडफोड, पसल र स्टोरमा लुटपाट गरेका छन्, । प्रहरीसँग ठाउँठाउँमा उनीहरूको झडप भएको छ । प्रहरीले घुँडा टेकेर माफी माग्नुपरेको छ । हजरौँ हाताहात भएका छन । वाशिङटनमा ह्वाइटहाउस नजिकै फ्लोइडका तस्बिर बोकेको भिडले फ्लोइडले भनेका अन्तिम वाक्य 'मलाई सास फेर्न गाह्रो भयो' भन्ने नारा लगाएको थियो ।

आन्दोलकारीले राष्ट्रपति निवास ह्वाइट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको न्युयोर्कस्थित ट्रम्प टावरमा समेत घेरा हालेका छन् । मिनीयापलिस, न्यूयोर्क, माईयामी, एट्लान्टा, फिलडेल्फीया लस एन्जलीस, पोर्टल्यान्ड, लूईभिलबाट क्रमिक सुरू भएको आन्दोलन अमेरिकाभरि ठाउँठाउँमा प्रदर्शनहरू भइरहेका छन् । हजारौ आन्दोलनकारीमाथी निर्मतापुर्वक पानी ट्याङकर र प्रहरीको घोडा कुदाइएको छ । 

आन्दोलनको स्वरूप संयमित भनिए पनि विगत ४ दिनयता २२ वटा सहरबाट १७ सय प्रदर्शनकारीहरू नियन्त्रमा लिइएको छ । तोडफोडका र चोरीका घटना बढेपछि कन्भिसनल डिपाटमेन्ट स्टोरहरू बन्द गरिएका छन । कोरोनाका कारण बेरोजगार बनेका हजारौ अमेरीकिहरू अहिले फुर्सदले फ्लोइड काण्डको आन्दोलनमा होमिएका छन । अधिकांश यसको फाइदा उठाउदै प्रदर्शनका नाममा चोरि ठगि गर्न ब्यस्त छन । अराजक प्रदर्शनको प्रभावले करौडौको भौतिक क्षति भएको प्रक्षेपण गरिएको छ ।

बर्बतापुर्बक हत्या
गत साता सोमबार रातिको समयमा मिनियापोलिसका वासिन्दा जर्ज फ्लोयड एउटा स्टोरमा पुगेर नक्कली २० डलर प्रयोग गररी चुरोट किन्छन । जाली नोटका साथ ठगी गरेको अभियोगमा क्षणभरमै उनलाइ प्रहरीले पक्राउ गर्छन । प्रहरीको भनाइमा कारभित्र बसेका फ्लोयडलाई प्रहरीको भ्यानमा राख्न खोजियो । जानाजान भुइँमा लम्पसार परे । त्यसपछि प्रहरी अधिकारी डेरेक सौभिनले लडिरहेका फ्लोयडको घाँटीमा घुँडाले थिच्न सुरू गरे । उठेर प्रहरीको कारमा चढ प्रहरी अधिकारी भन्छन । फ्लोइडले 'मैले सास फेर्न सकिरहेको छैन' 'मलाई नमार' भनेको भिडिओमा सुनिन्छ ।

फ्लोयडले बेलाबेलामा मलाई सास फेर्न गाह्रो भयो भनिरहे । तर, सउभिन झन्डै पौने ९ मिनेटसम्म यसरी उनको घाँटी थिचिरहे । त्यसपछि प्रहरीले उनलाई स्ट्रेचरमा राखेर अस्पताल पुर्‍यायो । अस्पताल पुर्‍याएको केहीबेरमै डाक्टरले उनलाई मृत घोषणा गरे । उनको मृत्यु भएको खबर बाहिर सन्चार माध्यममा आउनेबित्तिकै प्रहरी अधिकारी सउभिनले उनको घाँटी थिचेको भिडिओ सामाजिक सञ्जाल र इन्टरनेटमा भाइरल भयो । घटनास्थलबाट हिँडेरहेका कसैले त्यो भिडिओ खिचेको बताइएको छ ।

मिनेसोटा प्रहरी बिभागको नियमावलीमा प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको श्वास प्रश्वास नलीमा दबाव नदिइकन घाँटी कसरी थिच्ने भन्ने तालिम प्रहरी अधिकारीलाई दिइने उल्लेख छ । यसलाई घातक नहुने बल प्रयोग भन्ने गरिएको छ । कतिपयले प्रहरी अधिकारी मानसिक सन्तुलन गुमेको भन्ने टिप्पणी गरेका छन । हत्यामा मारीएका अश्वेत न्यायको माग गर्दै प्रहरी अधिकारी शौभिनलाई हत्याको अभियोग लगाइएको छ ।

जातिय विभेदको निन्दा
प्रदर्शनकारीहरूले मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय दिनुपर्ने माग गरेका छन् । उनीहरूको आन्दोलन जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र विभेदको विरूद्धमा छ । 

‘नेशनल एसोसिएसन फर द एडभान्टेज अफ कलर्ड पीपलले एक विज्ञप्ति जारी गरेर यस किसिमको हर्कत सामाजमा कालाजातिका मानिसविरुद्धको भेदभावको एक नमुना रहेको बताएको छ । यो घटना नस्लीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित रहेको भनेको छ । विज्ञप्तिमा उल्लेख छ,  हामी अझै धेरै मर्न चाहँदैनौँ ।

यो घटनापछि अमेरिकामा नस्लीय हिंसाको इतिहासको चर्चा पनि शुरु भएको छ । काला जातिका मानिसविरुद्ध प्रहरीको बर्बरताको विषयलाई लिएर मानिसको आक्रोश बढिरहेको छ । यद्पी यो अश्वेतमाथिको दमन यो पहिलो भने होइन । कयौँ घटना वीगतमा भएका उदाहरणहरू प्रशस्त छन ।
अहिले फ्लोयडको घाँटी थिच्ने प्रहरी अधिकारीलाई तेश्रो तहको हत्या अभियोग लगाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य दुइ प्रहरी अधिकारी पनि बर्खास्त भएका छन ।  तैपनि प्रदर्शन रोकिएको छैन । प्रदर्शनकारीहरूले मृत्यु भएका जर्ज फ्लोयडलाई न्याय दिनु पर्ने माग गरेका छन् । उनीहरूको आन्दोलन जर्ज फ्लोयडलाई न्यायसँगै अमेरिकामा काला जातिमाथि प्रहरीले गर्ने अन्याय र विभेदको विरूद्धमा छ ।

अमेरीकी जनसंख्याको १२ प्रतिशत हिस्सा काला जातिले ओगटेका छन् । जनसंख्याको कूल अनुपातको तुलनामा प्रहरीद्वारा मारिनेमा सबैभन्दमा बढी अश्वेतहरू नै परेका छन् । सन् २०१५ देखि २०१९ को बीचमा २६ प्रतिशतभन्दा बढि अर्थात अश्वेतहरू सर्वसाधारण जनताको भन्दा दुई गुणा बढी प्रहरीद्वारा घातक शक्तिको प्रयोगको सिकार भएका थिए । स्वदेशी अमेरिकीहरू अमेरिकी जनसंख्याको १ प्रतिशत र पुलिसद्वारा घातक शक्ति प्रयोगको सिकार हुने १ दशलब ७ छन् ।

एसियाली आप्रवासीमाथि आरोप
अमेरिकामा कोरोनाको संक्रमण बढ्दै जादा सार्वजानिक सुपरमार्केटहरूमा चाइनिजजस्तो देखिनेलाइ विभेद थियो ।   फ्लोयडको हत्यमा संलग्न प्रहरी अधिकारी ड्रेक चौभिनले बीच सडकमा घुँडाले थिचिराख्दा अर्का एसियाली मुलका प्रहरी अधिकारी टु थाउ पनि थिए । लाओसबाट शरणार्थीको रुपमा परिवारसँगै अमेरिका छिरेका उनी पनि सेवाबाटट बर्खास्ती परेको छन । जर्ज फ्लोयडलाई ड्रेक चौभिनले घुँडाले घाँटी थिचिरहँदा कुनै प्रतिक्रिया नजनाएको र उल्टै नजिक जान खोज्नेहरुलाई रोकेको कारण जर्ज फ्ल्योयडका समर्थकहरुले एसियन अमेरीकनलाइ कठोर अश्वेत बिरोधी (एन्टीब्ल्याक) भएको आरोप लगाएको छ । यसले एसियनहरुलाई आन्दोलनकारीले आक्रमण गर्न सक्ने त्रास बढेको छ ।
न्युयोर्कस्थित एसियाली मानवअधिकारवादी संस्था ‘अधिकार’ ले भनेको छ - एक एशियाली मुलको प्रहरी अगाडी नै भएर पनि जोर्ज फ्ल्योईडको हत्या भई रहेको बेला केहि पनि गरेनन्, । हामी त्यसरी चुप बसेर केहि पनि नगर्न कदापि हुँदैन। सम्पूर्ण आप्रवासी मजदुर वर्गको हैसियतमा हामी आफैंले पनि सोंचौं कि मानव अधिकारको लागि हाम्रो संघर्ष पूर्ण रुपमा काला जातिको मुक्तिसंग गाँसिएको छ । हाम्रो समुदायहरुले आवाज उठाउन अहिले अत्यन्तै जरुरी छ ।

नागरिक सुरक्षार्थ कर्फ्यु
राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको छ । भीडलाई तितरबितर पार्न प्रहरीले दर्जनौं राउन्ड रबर बुलेट र अश्रुग्यास हानेको छ । अमेरीकि रक्षा मन्त्रालय पेन्टागनले पहिलो पटक राष्ट्रिय सुरक्षा फौज (अर्ध सैनिक) परिचालन गरिएको छ । हवाइ गस्ती कडाइ पारीएको छ ।

राजनीतिक दृष्टिकोण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनता शान्तिको पक्षमा रहेको वितण्डा मच्याउने अराजक समूहलाइ दक्षिणपन्थी आतंकवादीको संज्ञा दिएपछि झन हिंसात्मक प्रदर्शनले सातौ दिनसम्म पनि उग्र रूप लिइरहेको छ । अझ अन्तराष्ट्रिय स्तरमा जर्मन, बेलायत हुदै क्रमिक रूपमा फैलिदै छ ।
बाह्य आप्राबासी समुदायलाई संरक्षण गर्ने मुलुकको परिचय बनाएको अमेरिकाले केही बर्ष यता देखाएका नकरात्मक कदमले अमेरिका कुन बाटोतर्फ जादै छ भन्ने सन्दर्भमा यसको दोष राष्ट्रपति डोनाल्ड ट्रम्प लागेको छ । सन् २०१६ को आम निर्वाचनमार्फत अमेरिकाको राजनैतिक प्रशासनिक क्षेत्रमा गोरा राष्ट्रबादको दरिलो उपस्थितिले यहाका कालाजाती र अन्य अल्पसंख्यक आप्राबासीहरुमाथि भेदभाव भएको महसुस गर्न थालेका छन ।

आगामी राष्ट्रपतीय चुनावका उम्मेवार जोए वाइडेनले विरोध प्रदर्शन स्थलको भ्रमण गर्दै भनेका छन् । हामी दु: खमा परेका राष्ट्र हौं । तर हामीले यस पीडाले हामीलाई नाश हुन दिनु हुँदैन । हामी क्रोधित राष्ट्र हौं । तर हामीले आफ्नो क्रोधले हामीलाई भस्म हुन दिदैनौं । हामी थकित राष्ट्र हौं, तर हामी आफ्नो थकानलाई हराउन दिदैनौं । यो पीडा सहनको निम्ति एक मात्र तरिका भनेको सबै कष्टलाई उद्देश्यमा बदल्नु हो । र राष्ट्रपतिको रूपमा, म यस कुराकानीको नेतृत्व गर्न मद्दत गर्दछु ।

नेपालको रूकुम पश्चिमको नवराज वि. क. हत्याकाण्ड र अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यकाण्ड मिल्दोजुल्दो जातिय विभेदसंग सम्बन्धित छ । सामाजिक असमानता र विभेद कहाँ नहुने रहेछ ॽ बदलिदो आधुनिक समाजमा किन न्युनतम मानवीयता हराउदै छ ॽ हामी पनि सवै प्रकारका विभेद विरुद्ध खुलेर बृहत्तर छलफलमा जुटौँ । मानवता विरुद्धको अपराध अक्षम्य हो भन्न पछि नहटौ । विभेदको  वहसलाई मानवीय मूल्य मान्यतासंग, सहअस्तित्वसंग, भाइचारासं र विश्वव्यापी महान मानवताको परिचयका साथ अघि बढौ ।
दधिराम खतिवडा, टेक्सस, अमेरिका @drkhatiwada1

सीमा सुरक्षामा दिपक्षीय सहकार्य


नापी बिभागद्वरा एक वर्षअघि प्रकाशित नेपालको आधिकारिक राजनीतिक भौगोलिक नक्सामा लिम्पियाधुरा, कालापानी समावेश छैन । उक्त नक्साका आधारमा १० हजार १९ वर्ग किलोमिटर नेपालको भू-भाग गायव छ भने अधिकांश नेपाल भारत सीमावर्ती क्षेत्रका जङगे पिलर र सीमा स्तम्भ हराएका छन । पछिल्लो चरण शृङखलाबद्द बिभिन्न स्थानमा नेपाली भूमी अतिक्रमण निरन्तर उकालोलाग्दो छ । बिशाल नेपाल क्रमश खुम्चिदै छ ।

भारतमा हजारौँ नेपाली गोरखाली सैनिकहरूले सबैभन्दा जोखिम मोलेर भारतपाकिस्तान, भारतचीन सीमाको सुरक्षाका लागि अहोरात्र खटेर भारतीयहरूलाई मिठो निद्रा दिएबापत नेपालले आजसम्म केही खोजेको छैन । उल्टो भारतले नेपाली भूमी हडपीरह्यो ।

हालको सीमा मिचाहा प्रबृतिको सन्दर्भमा नेपाल राष्ट्रको असन्तुष्टिकाबीच भारतले अहिले नेपालको कालापानी क्षेत्रलाइ भारतको नयाँ नक्सामा आफ्नो सीमाभित्र पारेको छ । कालापानी आफ्नो भूमी दाबी गर्दै दुइ देशका धारणा फरकफरक रहे पनि उक्त भूमी विवादास्पद नमान्ने आफ्नो अधिकार भएको आधिकारिक धारणाले अखण्ड नेपालको गौरबशाली विगत संक्रमणमा देखिएको छ ।
कहिल्यै कसैको उपनिबेश नभएको, विर गोरखालीहरूले अंग्रेजलाइ परास्त गरी राष्ट्रिय अखण्डता, स्वाधिनता कायम राखेको सयौँ वर्षअधिको इतिहासमाथि भारतको दबदबा थथावत छ । दिदेशीय सन्धी सम्झौता, उच्चस्तरिय भद्र सहमति, सामाजिक साँस्कृतिक, राजनीतिक आर्थिक सम्बन्ध विपरित भारतीय निन्दनीय कदमहरू विकसित छन् ।

नेपाल भारत सिमाना दशगजा र अन्य सिमामा भारतीय अर्धसैनिक बल, एसएसबीको अत्याधुनिक हतियार सहित एकोहोरो पहरा देखिन्छ । उक्त क्षेत्रमा नेपाली सुरक्षाकर्मीको कमजोर उपस्थिति हुँदा भारतीय प्रहरीले सिमा हडप्ने मात्र होइन, नेपाली सुरक्षाकर्मी र सर्बसाधाणहरूलाइ कुटपिट गर्ने सम्मका घृणित बिवरणहरू पुराना होइनन् । नेपाल आमाको छातीमा विदेशी सेनाले परेड खेल्नु भनेको सुरक्षा संबेदनशीलता माथि प्रश्न उठ्रनु हो । राष्टियतामा आँच आउनु हो । स्वाधिनता र सार्बभौमिकता खोसिनु हो । हाम्रो सीमावर्ती क्षेत्र सुरक्षाको हिसाबमा अति नै कमजोर बन्दै गएको यसले पुष्टि गर्छ ।  नेपाल राष्ट्रले ओगटेको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर सरकारी दस्तावेजदेखि पाठ्रय सामाग्रीहरूमा समाबेस छन । तर, भूगोल घटेको घटै छ । हामी एकपटक जाग्छौ, काठमाण्डौमा जुलुस निकाल्छौ भारतले सुन्दैन, नेतृत्वले देख्दैन ।
सीमा क्षेत्रमा कुटिपटका घटना शृङखलाबद्द बढ्दै गएको बरोबर दोहोरिने तथ्यांकीय खबरहरू हुन । दिनानुदिन क्षेत्रफल खुम्चिरहदा अखण्ड नेपालको राष्ट्रिय स्वाधिनतामाथि खतरा बढेको देखिन्छ । कहाँ हरायो त नेपाली भूभागमा पर्ने ठुलो क्षेत्रफल ॽ चार वर्ष अगाडि सीमा ब्यवस्थापनका लागि गठित दिपक्षीय बिशेष संयन्त्र के गरिरहेको छ ॽ कुटनैतिक तथा  राजनैतिक तहबाट समाधानका प्रयास किन भएनन् ॽ टिस्टादेखि कालापानीसम्मको हिजोको ग्रेटर नेपाल खोइ ॽ इतिहासमा मात्र सीमित रह्यो । मौन रहे शासक । मुटु चिमोटिन्छ । जिज्ञासा मात्र होइन, हरकोहि नेपाली नागरिकले राष्ट्रिय एकता र अखण्ताको पक्षमा सतिसाल भएर उभिनुपर्ने बेला भएको छ । 

भारतले कोशी, गण्डकी र महाकाली नदिमा अपमानजनक सम्झौता गरी सुस्ता, खुर्दलोटन, पहलीपार, लक्ष्मणपुर लगायतका बिभिन्न स्थानका दर्जनौ नदिहरूमा एकतर्फि रूपमा बाधँ बाध्ने र बाटो बनाउने गरेको छ । यसले वर्षेनी नेपालका प्रायजसो तराइका भूभाग डुबानमा परिरहेका छन भने हिउदमा सुख्खा हुदै गएको छ । सीमामा बाढीका कारण उत्पन्न समस्या, सीमा विवादका घटना लगायतका विषय समाधान कहिले हुने ॽ राजनीतिक नेतृत्व, सरकार र समाजको खबरदारी र हाम्रो जिम्मेवारी कमजोर देखिन्छ   

नेपालको सर्बस्व बुझाउदा पनि भारत कहिल्यै सन्तुष्ट भएन । नेपालीको साझा हित बिरूद्द राष्ट्रघाति सुगौली संधि गरी भारतले दुईतिहाई नेपाली भूमि, २ सय वर्षका लागि कोशी नदि, १ सय वर्षका लागि गण्डकी, सधैका लागि महाकाली लग्यो ।  कर्णाली, अरूण, बूढी गण्डकी र कोशी लान बल गरिरहेको छ । अन्य दर्जनौं जलाशययुक्त नदी ओगटेर १० हजार मेगावाट भन्दा बढी विद्दुत्त योजना अलपत्र पारेको छ । कुनै पनि ठूला परियोजना भारतले लिएर पूरा गरेको छैन । हुलाकी सडक, पश्चिम सेती, कर्णाली, फास्टट्राक बिथोलिएको छ । आफ्नो राष्ट्रको सम्पत्तिमाथि नेपालको स्वतन्त्रता हुन सकेन । साँचो भारतसंगै भएपछि आवश्यकता अनुसार प्रयोग गर्दै आएको छ ।

भारत एउटा छिमेकी मुलुक भएकाले नेपालसंग मैत्रीपुर्ण सम्बन्ध आवश्यक छ । भूपरिबेष्ठित एवंम् स्वाधिन राष्ट्र नेपालमाथि हेपाहापुर्ण नीति र शैली निन्दनीय छ । सन १९५१, १९९० र २००६ मा नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतबाट प्राप्त सहयोग मूल्यवान छ । र, ऊ नेपालको विकास अभियानको महत्वपूर्ण साझेदार पनि हो । केही विशेषता छन् जसका कारण नेपाल र भारत सँगै नहिँडीकन, साझेदारी नगरीकन, समझदारी र मित्रवत व्यबहार नभइकन सुखै छैन । यो हाम्रो चयन को विषय होइन, आवश्यकता, बाध्यताको बिषय हो । वास्तवमा हामीले आफूलाई एक सचेत, आत्मविश्वासी र कसैको हानी गर्ने मनसाय नभएको सक्षम र असल मुलुकको रूपमा देखाउन सक्यौं भने चाहिँ हामीले अधिकतम लाभ लिन सक्नेछौं ।

आफ्नो औकात अनुसार नेपालले भारतलाई आपसी सद्रभाव सहयोग गर्दै आएको छ । भारतीय स्वतन्त्रता सङ्ग्राममा तत्कालीन कांग्रेसका नेताहरू मनमोहन, वीपी र कृष्णप्रसादरूले जेलनेल नै भोगे । त्यतिमात्र नभएर ६५ हजार बढी गोरखा सैनिक सबैभन्दा जोखिम मोलेर भारतीय सीमाको सुरक्षाका लागि अहोरात्र खटिरहेर भारतीयहरूलाई मिठो निद्रा दिएबापत नेपालले आजसम्म केही खोजको छैन । उल्टो भारतले हेपिरह्यो ।
असमान सन्धी

भारतका इतिहासकार श्रीमन नारायणले १९५० को सन्धीका विषयमा भनेका छन्, ‘यो भारतको पोलिटकल ब्लन्डरहो । जुन दिन नेपालले यो आफ्नो भूमिमाथि दावी गर्छ त्यतिबेला भारतसित शक्ति प्रयोग बाहेक अरु विकल्प रहँदैन ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानलाई उनका उत्तराधिकारीले पूर्वमा टिष्टाभन्दा ७० किलोमिटर टाढा नगरकट्टा भन्ने स्थानसम्म पुर्‍याएका थिए भने पश्चिममा काँगडासम्म । तर, सुघौली सन्धीपछि नेपाल मेचीमहाकालीको सीमामा खुम्चिन पुग्यो । पछि जंगबहादुरले लखनउको सिपाही विद्रोहलाई दवाउन सहयोग गरेवापत अंग्रेजबाट चारवटा जिल्ला (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याएको बाहेक सबै भूभाग अहिलेसम्म पनि नेपालले गुमेको जमीन फिर्ता माग्ने सबैभन्दा ठूलो आधार भने १९५० को जुलाई १ मा भारतसँग भएको शान्ति तथा मैत्री सन्धी हो । यो सन्धीको धारा ८ मा प्रष्ट शब्दमा के लेखिएको छ भने यो सन्धीले नेपाल र बेलायतबीच विगतमा भएका सबै सन्धी, सम्झौता एवम् समझदारी रद्द हुन्छन् ।
यसको मतलब सुगौली सन्धीलाई पनि १९५० को सन्धीले खारेज गरिदिएको छ । जून सुगौली सन्धीबाट नेपालले आफ्नो जमीन ब्रिटिशलाई सुम्पेको थियो, त्यही खारेज भएपछि जमीन स्वतः नेपालमा फिर्ता आउनुपथ्र्यो । यही सन्धिमा आप्mनो पक्षमा भएका धारा चैं भारतले उपभोग गरिरहने, आठौं धारा चैं लागू गर्न नपर्ने ? भनेर भारतसित वार्ता र छलफलको विषय बनाउन सकिन्छ ।
सुगौली सन्धीमा गुमाएको भूभाग फर्काउनका लागि नेपालले कहिल्यै बलियो दावी पेश गरेको देखिँदैन । नेपालमा जुन शासक आए पनि यो प्रयास भएन । अहिलेका राजनीतिककर्मीहरु त सुगौली सन्धीमा गुमेको जमीन फिर्ता गर्ने कुरा सुन्दा हाँस्छन् । आमजनतालाई पनि यो कुरा हास्यास्पद नै लाग्छ ।
संयुक्त राष्ट्रसंघले सन् १९६० मा संसारभरका उपनिवेशहरु खारेज हुनुपर्छभन्दै एक संकल्प प्रस्ताव पारित गरेको छ । त्यसका आधारमा पनि भारतीय उपनिवेशका रुपमा रहेको भूभाग नेपालले फिर्ता पाउनुपर्छ । भारत र नेपाल दुवै राष्ट्रसंघका सदस्य भएको नाताले उसको निर्णय पालना गर्नु दुवै देशको दायित्व हुन आउँछ । मिचाहा शैली नेपालका लागि कदापी स्वीकार्य हुदैन ।
पुनराबलोकन
सन् १९५० को सन्धी लगायत अन्य असमान सन्धी, सम्झौता तथा सहमतिहरूको पुनरावलोकन गरी नेपालको राष्ट्रिय हित अनुरूप भारतसँग नयाँ सन्धी तथा सम्झौता गर्ने, नेपालको प्रस्तावप्रति पछिल्लो समय राष्ट्रिय तथा क्षेत्रीय राजनीतिक, कूटनीतिक, भूराजनीतिक कारणले भारत सकारात्मक तथा लचक भएको हो कि भन्ने देखिन्छ । हालसम्मका सन्धी, सम्झौता तथा सहमति पुनरावलोकन गर्न भारत सहमत भएको छ ।
नेपालसंगको कूटनीतिक सम्बन्धको दृष्टिले भारत प्रतिरक्षात्मक र अनुकूल कूटनीतिक परिवेश सिर्जना भएको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा २०७२ को भारत भ्रमणको समयमा नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) गठन भएको थियो । यसले धेरै विषयहरूमा आपसी सहमति कायम गरी आफ्नो अन्तिम प्रतिवेदन तयार पारेर भारतलाइ बुझाएको थियो । तर, अक्षरस कार्यान्वयन अझैसम्म भएको छैन ।
सन् १९५० को सन्धि लामो समयदेखि नेपालमा विवादको विषय बन्दै आएको छ । उक्त सन्धिको धारा ५, धारा ६ र धारा ७ मा उल्लेख सम्झौताहरू असमान भएकाले नेपालको हितविपरीतका धाराहरु संशोधन वा खारेज गरी समानताका आधारमा नयाँ सन्धि गर्ने र कानून अविलम्ब लागू गरी राहदानी प्रणालीद्वारा नेपाल-भारत खुल्ला सीमालाई तत्काल नियन्त्रण गर्नुपर्ने कूटनैतिक पहल एवंम् सीमा सुरक्षा सम्बन्धी पारदर्शीताको खाँचो देखिन्छ ।
ग्रेटर नेपाल अभियान
नेपालको तत्कालीन भूभाग र सीमाका सन्दर्भमा ग्रेटर नेपाल नामक अभियानका अथक अभियन्ता फणीन्द्र नेपालले झन्डै छ महिनाअघि स्वीटजरल्यान्डको जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठकमा गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गर्दै सुगौली सन्धीमा नेपालबाट भारतमा गाभिएका ६० हजार किलोमिटर भूभाग फिर्ता हुनुपर्ने बहादुरीपुर्ण बक्तब्य दिए । त्यस्तै, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुलाई ग्रेटर नेपालको नक्शा वितरण गर्दै यसको अवधारणा सुनाएका छन । उनको एकल प्रयास राष्ट्रका निम्ति ऐतिहासिक छ ।
सुगौली सन्धीमा गुमेको भूमि फिर्ता लिने विषयमा नेपालमा आजसम्म कहिल्यै कुनै किसिमका बहस छलफल गरेको छैन । राजनीतिक तहमा मात्र नभएर बौद्धिक वृत्तमा पनि यसलाई अनाबश्यक र असान्दर्भिक विषयका रूपमा बताइदै आएको छ । तर, जे होस एउटा सानो अभियान्ताले ग्रेटर नेपालको एजेन्डालाई एक्लैले संयुक्त राष्ट्रसंघमा पुर्याउनु सामान्य बिषय अबश्य होइन । ग्रेटर नेपालका लागि हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने १ लाख हस्ताक्षर संकलन गरेर नेपालका राष्ट्रपतिका साथै संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदका साथै बेलायतमा समेत बुझाउने अभियान्ताको योजना छ । कसैले नसुने अन्तराष्ट्रिय अदालत कोप जाने तयारीमा छन ।
ग्रेटर नेपालका पक्षमा हस्ताक्षर अभियान सुरु गरिँदा भारतीय मिडियाले त्यसलाई कभर गरेका थिए । भारतको सरकारी सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले नेपालको सरकारी अखबार द राइजिङ नेपाललाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारलाई अन्य केही मिडियाले स्थान दिएका थिए । तर, नेपालकै मिडियामा गहकिलो बिषय बनेन । राष्ट्रियाताको साहसिक एजेन्डालाइ हामीले साथ दिन नसक्नु दुर्भाग्यपुर्ण छ ।
ग्रेटर नेपालका अभियन्ता नेपालले दक्षिण एसियामा कलङ्कका रूपमा रहेको नेपाली भूमिमाथिको भारतीय उपनिवेशविरुद्ध लडिरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र अफ्रिकाको अन्तिम उपनिवेश भनिएको पश्चिमी सहाराको मुक्तिका निम्ति लडिरहेको `वेस्टर्न सहारा ह्युमन राइट्स डिफेन्डर´ बिच उपनिवेशमा रहेको आ-अफ्नो भूमिको स्वतन्त्रताका निम्ति एकअर्कालाई सहयोग गरेर संयुक्तरूपमा अघि बढ्ने विषयमा ऐक्यबद्धता पनि जाहेर गरेका छन ।
अन्त्यमा बिश्वभर छरिएर रहेका तमाम नेपाली नागरिकहरू प्रबुद्द ब्यक्तित्व, बौद्रिक जमात ब्रान्डेड हुस्कीएक पेग सेवनका अवसरमा देशभक्ति देखाउने र चिया गफमा नेता र नेतृत्वलाइ गाली र सत्तेसराप गर्ने मात्र होइन, राष्ट्र र राष्ट्रियता, अखण्ड नेपाल, सीमा सुरक्षा लगायतका बिषयमा खोज, अध्यन अनुसन्धान र सकारात्मक सुझाब पहल अभियान अपरिहार्य छ । सरकारी संयन्त्रले दुवै देशको आपसी सम्बन्धमा खलल नपुग्ने गरी दिपक्षीय राजनीतिक कुटनैतिक अन्तरसंवादबाट आफ्नो सीमा रक्षाका निम्ति राष्ट्रिय तथा अन्तराष्ट्रिय गृहकार्य थाल्नुपर्छ ।

प्रवासमा नेपाली साहित्य

साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अह...